नेपालगन्ज -निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र नेताहरूबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन निर्देशन दिएको छ।
‘उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेजरग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ’ आयोगले भनेको छ, ‘साथै, उक्त फेसबुक पेजरग्रुपहरु तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।’