नेपालगन्ज – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारका विषयमा दुइ धारमा विभाजित नेकपा (माओवादी केन्द्र) बाँकेकाे विवादले नयाँ विषयमा प्रवेस गरेको छ ।
गठनबन्धका शिर्ष नेताले जारी गरेको विज्ञप्तिले आधिकारिक उम्मेदावरको वहस अब केन्द्रको तर्फबाट अन्त्य भएको छ । आज जारी प्रेस विज्ञप्तिबाट बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार इन्द्रप्रसाद खरेल(आइपी) नै भएको उल्लेख गरिएको छ ।
यस भन्दा पहिला बाँकेमा स्थानीय कमिटीका नेता र केन्द्रीय कमिटीका नेताका विज्ञप्ती मार्फत आआफ्नै तर्क गर्दै आएका थिए । बाँके इन्चार्ज सहित केन्द्रीय सदस्यहरुले खरेललाई आधिकारिक उम्मेदवारको दावी गर्दै आएका थिए भने स्थानीय कमिटी(खजुरा र बैजनाथ) अध्यक्ष इन्चार्जले नवप्रवेसी दलबहादुर सुनारलाई आधिकारिक उम्मेदवार घोषणा गरेका थिए । निर्वाचनमा प्रचारका क्रममा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशाेर सिंह राठाेरसँग भने सुधारनै प्रचारमा अाधिकारिक रुपमा हिडिरहनु भएकाे छ ।
यसै विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) बाँके दुइ धारमा विभाजन भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं. ३ (क) मा उम्मेदवारीका विषयमा पार्टीका नेताहरुले दुइ धारमा सार्वजनिक वक्तव्य बाजी गरेका थिए । पार्टीको क्षेत्र नं.३ (क)को लेटर प्याडमा यही ६ गतेका दिन चलानी नं. ६ उल्लेख गरिएको प्रेस विज्ञप्ती जारी गर्दे विस्तारित बैठक भनेर पार्टीका नेता स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनाएको जानकारी दिइएको थियो । सो विज्ञप्तीमा संयोजक दिपेन्द्र शाह(युगान्त), सचिब महेन्द्रबहादुर शाही, बैजनाथ गाउँपालिका अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार वि.क.ले सयुक्त रुपमा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा सुनार आधिकारीक उम्मेदवार भएको आम जानकारीका लागि प्रेसित गर्नु भएको थियो । यसैगरी ७ गते साँझ ५ बजे देखि बाँके जिल्लामा रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरु पुर्णा कुमारी सुवेदी, महेश्वर गहतराज (अथक), पार्वती पुन (उषा), कृष्णा केसी (नमुना), नरेन्द्र न्यौपाने, अन्जना चौधरी (अर्पणा), आइपी खरेल र अशोक रोकाय (केन्द्रीय अनुशासन आयोगका सचिव) सहितको बैठकले सो निर्णय पार्टीको निर्णय भन्दा बाहिरको भएको निष्कर्ष निकालेको छ ।
नेकपा (माओवादी केन्द्र)ले बाम लोकतान्त्रिकको उम्मेदवारको रुपमा इन्द्रप्रसाद खरेल(आइपी)को उम्मेदवारी दर्ता गराएको थियो । तर नेकपा(एकिकृत समाजबादी)का पोलिटव्यूरो सदस्य समेत रहेका स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुनारलाई नेकपा (माओवादी केन्द्र)मा प्रवेस गराएसँगै उहाँलाई एक समूहले आधिकारिक उम्मेदवार घोषणा गर्दै आएको थियो । यही कारण नेकपा (माओवादी केन्द्र) बाँकेमा दुइ धारबीच वक्तव्यबाजी हुँदै आएको थियो ।