विद्यार्थी राजनीतिका ‘हिराे’ रत्न खत्रीलाई मतदाताबाट न्यायकाे आश !


नेपालगञ्ज, कात्तिक १७ ।  रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार ।

करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहनुभएका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो ।

दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उहाँ लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बस्नुभयो ।

एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उहाँ एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उपसचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत रहनुभएको छ ।

सुर्खेतको सिम्तामा जन्मिएपनि उहाँको बाल्यकाल बाँकेमा बित्यो । उहाँले राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाउनुभयो । तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा उहाँले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गर्नुभयो ।

समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल हुनुभएको छ ।

खत्रीलाई यहि मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले बाँके क्षेत्र नम्बर ३ (१)को उम्मेदवार बनाएको छ । खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु ल्गायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् ।

राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गर्नुभएको छ । प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधीको रुपमा पठाउने अवसर पाएका छन् ।

यसअघि पटक पटक जनतामा अनुमोदन भएर पनि विकास र समृद्धिका लागि केही गर्न नसकेकाहरु फेरी पनि उम्मेदवार बनेका कारण आम मतदाताको रोजाईमा खत्री परेको देखिन्छ ।

प्रकाशित मितिः     १७ कार्तिक २०७९, बिहीबार १९:३७  |