मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई धवल शमशेर राणाकाे अपिल


नेपालगन्ज १९ कात्तिक – बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधीसभाका उम्मेदवार धवल शमशेर राणाले मत किन्ने विरुद्ध शसक्त भएर उभिन अपिल गर्नु भएको छ ।

जनताकाे मन जितेर मत लिने बताउँनुहुदै किनेर मत किन्न खाेज्नेदेखि सावधान रहन आग्रह गर्नुभयो ।

शनिवार नेपालगन्जमा मतदाताहरु माझ बोल्नु हुँदै राणाले धवलले किनेर मत लिन्छ भनेर कुनै जनताले अहिलेसम्म सुन्न नपरेकाे उल्लेख गर्नु भयो ।

‘चुनावी प्रचारका लागि मैले एउटा सेकेण्ड ह्याण्ड गाडी किने, अरु उम्मेदवारलाई हेर्नूस् दर्जनौं  गाडी त्याे पनि दुई कराेड पर्ने लिइएर प्रचार गरिरहेका छन् ।’ उम्मेदवार राणाले आफ्नो समर्थक र शुभचिन्तकले एक/दुई गाडि भाडामा लिइएर चलाईरहेकाे बताउनुभयाे ।

राणाले मतदातालाई पैसा दिएर किन्न खोज्नेले पदमा पुगेपछि भ्रष्टाचार गर्ने बताउनुहुदै त्यस्ता केही नेता नेपालगन्जमै रहेकाले उनिहरुबाट साबधान रहन पनि आग्रह गर्नु भयो । ‘आफुलाई विकासवादी भनेर प्रचार गर्न रुचाउनेकाे तामझाम हेर्नुस कस्ताे छ ? यसरी तामझाम गर्ने पैसा कहाँबाट आयो अब साेध्नुहाेस् ।’- राणाले भने ।

दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै जनतनकाे घरदैलोमा हुनुहुन्छ ।
नेपालगन्जका मतदाताहरुमा लोकप्रिय धवल डुडुवाबाट पनि अपार सहयोग हुने बताउँदै आफ्नो जित सुनिस्चित छ । राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई चुनावी एजेण्डा बनाउनुभएको छ ।

प्रकाशित मितिः     १९ कार्तिक २०७९, शनिबार १३:२३  |