मधेसी र मुस्लिम किशोरीले सदैव सम्झिरहने धवल, जसले खोले कन्या क्याम्पस


नेपालगन्ज–दुईपटक नेपालगन्जको मेयर हुँदा धवल शमसेर राणाले क्षमताले भ्याएसम्म नयाँ विकासका योजना अघि सारे र कार्यान्वयन पनि गरिछाडे । अरु नेता जस्तो भएकै विकासमा शिलान्यास गर्दै हिडेनन् । धवलले गरेको राम्रो एउटा योजनाका रुपमा नेपालगन्जले कन्या क्याम्पसलाई पनि सम्झिरहन्छन् ।

क्याम्पसमा पढाइ सुरु भए नेपालगन्जका छात्रालाई पहिलो प्राथमिकतामा राखेर भर्ना लिइए पनि जुनसुकै क्षेत्रका कन्या पढन पाउने बताइएको छ । बीचमै पढाइ छाडने मुश्लिम र मधेसीलगायत छात्राहरूको उच्चशिक्षामा उल्लेख्य रूपमा पहुँच बढने अपेक्षा सहित यो योजना कार्यान्वयन गरिएको राणाले बताउनुभयो ।

बाँके क्षेत्र नं. २ को प्रतिनिधिसभाको उम्मेदवार भई घरदैलो गरिरहनुभएका राणाले अरु प्रतिस्पर्धी जस्तो फुस्रा कुरा गरिरहनुभएको छैन । मेयर हुँदा गरेकै कामको मुल्यांकन गरेर जनताले संसद पठाउने र यहाँका जनताको पक्षमा जोडदार कुरा उठाउने राणा बताउनुहुन्छ ।
उपमहानगरपालिकाले यहाँ पढन आउने विद्यार्थीलाई साइकल वितरण गरिसकेको छ भने विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गराउन सिलाईटाई मेसिनलगायत विभिन्न सामग्री वितरण गर्ने योजना अघि सारेको थियो । कन्या क्याप्स बनाउन उती बेला सक्रिय सहभागिता जनाएका नेपालगन्ज–४ का तत्कालिन वडाध्यक्ष सफिक बेहना विद्यार्थीको उपस्थिति बढाउन वडावाट समेत विभिन्न कृयाकलाप गरिएको बताउँछन ।

विद्यालयमा आवश्यक पर्ने संरचना निर्माणका साथै विद्यार्थी आकर्षित गर्ने खालका योजनामा नेपालगन्ज उपमहानगरपालिकाका साथै वडा कार्यालयले विशेष चासो लिएपछि अहिले विद्यालयको स्वरुप फेरिएको उनको भनाइ छ ।

नेपालगन्जमा खासगरी मुस्लिम समुदायका बालिका मदरसामा पढेपछि माथिल्लो कक्षा पढ्न अरु विद्यालयमा नजाने गरेको पाइएको छ । त्यस्ता छात्रालाई नेपालगन्ज कन्या माध्यमिक विद्यालयमा पढ्ने वातावरण मिलाएपछि छात्राहरूको आकर्षण त्यसतर्फ बढेको छ । हाल १० कक्षासम्म पढाइ हुने सो विद्यालयलाई कक्षा १२ सम्म पढाउने लक्ष्य छ । त्यहाँबाट उत्तीर्ण हुने छात्रा र उच्चशिक्षा अध्ययन गर्न चाहने अन्य छात्राहरूलाई कन्या कलेजमा पढ्ने व्यवस्था मिलाउन लागिएको हो ।

प्रकाशित मितिः     २१ कार्तिक २०७९, सोमबार १७:३१  |