धानकाे मूल्य बढ्याे


काठमाडौं। सरकारले आर्थिक वर्ष २०७९र८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो ।

मोटा धान प्रति क्विन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्विक्नटल ३१२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७८र७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २७५२ रुपैयाँ र मध्यम धान २९०२ रुपैयाँ तोकेको थियो

मन्त्रालयको अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विटल २१५ रुपैयाँ बढेको छ। साथै, मध्यम धानमा प्रति क्विन्टल २२६ रुपैयाँ बढेको हो। मन्त्रालयले गत साउनमा धानको समर्धन मूल्यको लागि प्रस्ताव गरेको थियो ।

सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ भने न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरदि गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।

गत वर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः     २३ कार्तिक २०७९, बुधबार १५:१८  |