निष्कलंक भीम ओलीको राजनीतिक सफर…


नेपालगन्ज, १७ कार्तिक- गाउँमा कुनै सामाजिक कार्य प¥यो उनी उत्साहित बनेर घरबाट निस्किन्छन् । सानै उमेरदेखि सरल स्वभाव र दक्ष कार्यक्षमता भएका भीम ओलीका बैगुण खोज्न मुस्किल छ ।

विद्यार्थी कालबाटै राजनीतिमा होमिएका ओलीले पदलाई नै प्राथमिकता दिँदैनन् । आफ्नो भूमिका जहाँ बसेर पनि दिन सकिन्छ योगदान गर्न सकिन्छ भन्ने मान्यता उनको छ । गत स्थानीय तहमा खजुरा गाउँपालिकाको प्रमुखमा उनी दाबेदार थिए तर, पार्टीले अर्को निर्णय गरेपछि उनी चुनावी कमाण्डर बनेर लागे उनले कुनै गुनासो पोखेनन भने पार्टीले मलाई माननीय बनाउने पो हो कि ? नभन्दै उनी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार बन्न पुगे ।

उनी त्यतिकै छनौटमा परेका होइन उनका धेरै गुण भएका कारण टिकट पाए । प्रतिस्पर्धीका अनुपातमा उनी सबैभन्दा पहिला निष्कलंक छन् । राजनीतिकरुपमा प्रतिवद्ध, कामका हिसावले जहाँ लाग्यो जमेर लाग्ने उनै भीम ओलीको पक्षमा जनलहर गोलबद्ध हुँदै गएको छ । कतिपयले पार्टीभन्दा माथि उठेर आशा र भरोसाका रुपमा भीमबहादुर ओलीलाई सशक्त युवा उम्मेदवारका रुपमा हेरेका छन् । उनले विगतमा राजनीतिसंगै खेलकुद क्षेत्रको नेतृत्व गरेका थिए ।

कामका आधारमा उनको नेतृत्व सवल र सफल सावित भइसकेको छ । ८ औं राष्ट्रिय खेलकुद पोखरा जान लाग्दा उनले नेपालगन्ज तानेका थिए । भौतिक संरचनाका साथै आठौं खेलकुद भव्य र शब्य सम्पन्न भएको एउटा इतिहास साँची नै छ । नेपालगन्ज रंगशालाको मुहार पूरै फरिएको छ । लामो समयदेखि अलपत्र पौडी पोखरी उनकै पालामा सम्पन्न भएर संचालनमा आएको हो । आठौंकै सेरोफेरोमा भीम ओलीकै नेतृत्व हुँदा बाँकेको खजुरा गाउँपालिका वडा नं. २ मा शुक्र स्टेडियम निर्माणाधीन अवस्थामा छ ।

५८ करोडको लागतमा बन्दै गरेको उक्त स्टेडियममा ८ औं खेलकुद प्रतियोगिताका महिला र पुरुष भलिबल सफलतापुर्वक अपार दर्शकको माझ सम्पन्न भएको थियो । ८ औं कै बेला बाँके, बर्दिया र दाङमा खेलकुदका थुप्रै संरचना तयार मात्र भएनन् ती ठाउँहरुमा खेलकुदका प्रतियोगिता संचालन गर्दा सबै जिल्लाले अपनत्व ग्रहण गर्ने मौका पाएका थिए जसको अवसर उनै भीमले तय गरेका थिए । त्यति मात्र होइन आठौं ताका खेलकुदका विभिन्न प्रतियोगिता प्रशिक्षणका लागि आवश्यक पर्ने कुराको मध्यनजर गर्दै कयौं विद्यालयका फिल्ड पुनःमर्मत गरिएको थियो ।

यस क्षेत्रमा खेलकुदमा नेतृत्व गर्दा गतिविधि र भौतिक पूर्वाधार दुबै हिसावले पूर्ण सफल रहेका उनै भीम अहिलेको चुवानी अभिायनमा छन् । उनी भन्छन्, हिजो राजनीतिसंगै नेतृत्व गर्ने मौका पाएको खेलकुद क्षेत्रमा आमुल परिवर्तन गर्न सकियो अव यो अनुभवलाई आफ्नो क्षेत्रको समग्र विकासमा बदल्ने इच्छा जागेको छ । उनी आफु युवा भएकाले युवाका मुद्दाहरु सजिलै समाधान गर्न सकिने बताउँछन् ।

खजुरा क्षेत्रमा खेलकुदका संरचना भएकाले अब जानकी क्षेत्रमा बढी प्राथमिकता खेलकुदका क्षेत्रमा हुने उनले बताए । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखानालाई चलायमान गरी रोजगारीको सृजना गर्न सकिने उनी बताउँछन् । आफुले मनोनयन दर्ता गराएदेखि निरन्तर मतदाता माझ पुग्दै गर्दा कतिपय ठाउँबाट साझा मुद्दाहरुको उठान भएको र कतिपय जीवनस्तरसंग जोडिएका मुद्दा रहेको बताउँदै तिनको समाधानकै लागि आफ्नो उम्मेदवारी भएको बताए ।

उनले शिक्षा, स्वास्थ्य, सडक, विद्युत सिंचाई, मलखाद जस्ता विषय अधिकांश ठाउँमा उठ्ने गरेको र कतिपय ठाउँहरुमा अव्यवस्थित बसोबास, सुकुम्बासी भूमिहीनको समस्या आइरहेकोले मंसिर ४ पछि एमालेको सरकार आएको खण्डमा यस्ता कुरा प्राथमिकतामा पर्ने बताए । उनले आफु निश्कलंक रहेको भन्दै आफ्ना प्रतिस्पर्धीहरु विभिन्न मुद्दा मामिलामा रहेकाले उहाँहरु अदालततिर जानु पर्ने भएकाले आफु जनताको माझ सँदैव हुने बताए । एक कर्मठ, उर्जावान र युवा नेता भीम मतदाता माझ पुग्दा आफु निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

धेरै ठाउँहरुमा पुग्दा मतदाताले आफुलाई रुचाएको पाएँ अब उहाँहरुको मनको मत मंसिर ४ मा प्राप्त हुने आशा जागेको छ भीमले हर्षित हुँदै भने । सबैसंग एकैछिनमा घुलमिल हुन सक्ने भीम मतदातामाझ पुग्दा आशा र केन्द्रिविन्दुका रुपमा हेरेका छन् । उनीहरु भन्छन् भीमका बारेमा सुनेका छौं देखेका छौं अरु धेरै पटक आए हेरियो अब केही गर्नेलाई नै हामी रोज्नेछौं ।

प्रकाशित मितिः     २६ कार्तिक २०७९, शनिबार १८:१३  |