आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद


नेपालगन्ज- आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमख प्रशान्त बिष्ट र केएल दुगड ग्रपका प्रबन्धनिर्देशक कुमद दगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिवार नगद परस्कार घोषणा गरेको हो ।

म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकरीले बिभिन्न विधाको नगद परस्कार घोषणा गरे ।

शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकरीले जानकारी गराए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमख बिष्टले नेपालगन्ज म्याराथनले सम्पर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी बर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘शीर्ष धावकले बर्लिनभन्दा पनि राम्रो रुट नेपालगन्ज म्याराथनको रहेको सन्दा निकै खशी लाग्यो ।’ उनले भने—‘यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्दै पर्यटकीय क्षेत्रमा पनि ठलो आशा जगाइदिएको छ, नेपालगन्ज र कोहलपर —नगरपालिकाले संरक्षकत्व लिने भइसकेका छौं, क्रमशः अन्य पालिकालाई पनि जोड्दै जानेछौं ।’

टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दगड ग्रुपका प्रबन्धनिर्देशक कुमद दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हँदा सहकार्य गर्दै अघि बढेको बताए । ‘हामी नेपालगन्ज म्याराथनलाई धेरै उपल्लो उचाइमा लैजान तयार छौं, आयोजकसँग छलफल गरेर अगाडि बढ्ने वचन दिन चाहन्छ ।’ प्रबन्धनिर्देशक दगडले भने—‘नेपालगन्ज म्याराथन अन्तर्राष्टिय जगतमा पग्न सफल छ, हामी पनि हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पराउँदैछौं, हाम्रो उद्देश्य अवश्य मिल्छ ।’

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहले एम्सको सदस्यता प्राप्त गरी सिंगो ठाउँलाई गौरव गर्ने ठाउँमा पुगेकोमा निकै खुशी लागेको चर्चा गरे । ‘सम्पुर्ण सहरवासी र छिमेकी पालिकावासी सबैले यसमा साथ दिऔं ।’ उनले भने—‘यसमा गरेको लगानीले अवश्य प्रतिफल उठाउनेछ ।’

आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार आयोजना हुँदैछ । नेपालगन्ज उपमहानगरपालिका अगाडि सरु÷समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । यसको घोषणा चाँडै गरिने आयोजकले जनाएको छ ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएका छौं ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।

प्रकाशित मितिः     १ मंसिर २०७९, बिहीबार १८:४४  |