पुर्बमन्त्री ईस्तियाक राई पराजित, दुईवटा प्रदेशसभामा उनकै दल निर्वाचित


बाँके। बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुर्बमन्त्री माेहमद ईस्तियाक राई पराजित हुँदा प्रदेशसभामा भने उनकै दलका उम्मेदवार बिजय भएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ “क” भण्डारीलाल यादब निर्वाचित भए । यादवले ११ पाँच सय चार मत ल्याए भने एमालेका बिजय यादबले नौ हजार तीन सय ५६ मत प्राप्त गरे । त्यस्तै जनता समाजवादी पार्टीकै आदेशकुमार अग्रवाल खमा जिते ।

उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । अग्रवालले आठ हजार दुई सय ४६, गुरुङले ६७०९ र हमालले ६२४७ मत पाएका छन् ।

प्रकाशित मितिः     ७ मंसिर २०७९, बुधबार ०८:३०  |