नेपालगन्ज –महिलाकाे अगुवाइमा स्थापना भएको कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लद्यु बित्तीय संस्था उत्कृष्ट करदाताकारुपमा बुधवार सम्मानित भएको छ । कर सप्ताह समापनका अवसरमा आन्तरिक राजश्व कार्याालय नेपालगन्जले आयोजना गरेकाे कार्यक्रममा सेवाक्षेत्रमा धेरै कर बुझाए बापत सम्मानित भएको हाे ।
महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मी बाहेक अन्य जिल्लामा ३३ वटा शाखा सन्चालनमा रहेका छन् । २ अर्व २७ करोड लगानी गरिसकेको उपकारको चुँक्ता पुँजी ६ करोड ५६ लाख रहेको छ । उपकार मन्चमा प्रदेशभर चालिस हजार महिलाहरु आवद्ध भई बचत गर्दै आएका छन ।
२०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको हो ।
‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था आज घ बर्गको बित्तिय संस्था बन्न सफल भएको छ । असाध्यै खुसी छु ।’–संस्थाकी शान्ति ढकालले भन्नुभयो । सम्पूर्ण महिलाको सम्पत्तीका रुपमा महिला उपकार मन्च रहेको अध्यक्ष ढकालले बताउनुभयो । २०६० सालमा महिला उपकार मन्चले लद्युबित्त कार्यक्रम सन्चालन गर्ने अनुमति पाएको थियो । त्यसको केही वर्षपछि उसले काम सुरु गरेको हो ।