यसपटकको आमनिर्वाचनमा थुप्रै अनपेक्षित परिणामहरु आइरहेको छ्न । नेपालको राजनीतिमा मतदाताले पटकपटक कोर्स परिवर्तन गर्दै आएका छ्न । चितवन २ यसपटक बढी नै चर्चामा रह्यो ।
नयाँ दल गठन भएको ३ महिना पनि पुग्दा नपुग्दै चुनावी महासंग्राममा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर अनपेक्षित परिणाम हांसिल गर्दै गर्दा यो पार्टीका सभापति रबि लामिछानेको निर्वाचन क्षेत्र भएकोले चितवन २ बढी चर्चामा रहनुलाई अस्वाभाविक त मान्न सकिदैन ? नेपाली पत्रकारिताको इतिहासमा फरक ढंगले आफुलाई जनजीवनका सवालमा जबर्जस्त प्रस्तुत गराउन सफल रबिले राजनितीक यात्रामा पनि कोर्स परिवर्तन गर्न जबर्जस्त कोसिस गरेको देखिन्छ ।
सदाबहार दलहरूलाई चुनौती दिदै सुखद परिणाम हांसिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले चितवन-२मा आफना प्रतिद्वन्दी बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार पुर्बमन्त्री उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तर अर्थात ४९ हजार २सय ६१ का विरुद्ध १५ हजार ९९ मतको फराकिलो मतान्तरले पराजित गरे !
कम्युनिष्टको गढ मानिएको अझ नेकपा एमालेले पटकपटक जित्तै आएको क्षेत्रमा नेकपा एमाले नेता कृष्णभक्त श्रेष्ठलाई १४ हजार ६ सय ४९ मा सिमित गराउन रबि सफल भए । यो मत परिणाम हेर्दा मतदाता कुनै दल बिषेशका हुँदा रहेनछन् भन्ने पुष्टि हुन्छ । यो नयाँ दलको जबर्जस्त उदयले सदावहार बिरासती दलहरुलाई ठुलो चुनौती दिएको छ । यो चुनौतीलाई यदि मुख्य
दलहरुले युगानुसार परिवर्तन हुनकालागी अवसरकारुपमा लिन सक्ने हो भने आफ्नो सदावहार साख जोगिन सक्छ होइन भने पुरानै इतिहास जेल नेलको दम्भमा पहिलेकै अहंकारी तरिकामा आलाकाचाहरु धेरै दिन टिक्दैनन् भन्ने आकलन गर्ने हो भने सर्बनास हुनबाट कसैले जोगाउन सक्दैन ! हेक्का रहोस् बिशाल भारतको राजधानी दिल्ली राज्यमा केजरिवालले नेतृत्व गरेको आम आदमी पार्टी लाई हिजो त्यहांका बिरासती दलले कम ठान्दा आज दिल्ली मात्रै होईन बिशाल भारतका अन्य राज्यमा पनि प्रभाव बढदैछ ।
नेपाल जस्तो अस्थिर राजनीतिक बातावरण हुर्कदै गएको अभाव नै अभावको प्रभाव मौलाउदै गएको अल्पबिकसित मुलुकमा नयाँ दलको प्रभाव मतदातामा जसरि पर्दै गएको छ यसलाई कमजोर मुल्यांकन मुख्य दलहरूले गर्नु भुल हुनसक्छ ? घण्टी अनि ढकियाहरुको अहिलेको जन मतले यथार्थमा ठुला दलहरूलाई सच्चिनका निम्ति जनखबरदारी दिएको ठानेर पार्टी हांक्नेले पुर्ण रुपमा समयको चापसंगै जनमैत्री ब्यवहार र सत्तामा पुग्नेहरुले जन जनले रुपान्तरणको अनुभुती गर्ने काम गर्न नसक्ने हो भने अवस्था जटिल छ “भिर बाट खस्न थालेको गाइको पुच्छर” जनताले समात्न छोडी नयाँ बाटो रोज्ने संकेत यो चुनाबी परिणामले गरेको छाम जत्तिकै छर्लङ्ग छ । इतिहास जग हो तर अब इतिहास मात्रै भट्यार अहिले ईन्टरनेटको माध्यम बाट सूचनाको सबैभन्दा बढी पहुँच हुने समाजिक संजालको दुनियाँ संग गहिरो पहुपहुँच भएको जनताको मत लिन सकिदैन ।
युग सुहाउने खालको कार्ययोजना जनताको बिच पस्कन सक्ने योग्यता अनि क्षमताको बिकाश बिन अबको युगका नयाँ मतदाताको मत आकृष्ट गर्न सकिदैन भने संदेश यो चुनावले दिदै छ मतदाता अट्ल हुँदैन्न ,स्थिर हुदैनन् बरु चलाएमान हुँदारह छ्न भन्ने कुरा बुझ्न् जरुरी छ। अबका मतदाताले नेतृत्वको “भिजन” पनि हेर्दा रहेछ्न ! अब भोट का लागि कुनै ठेकेदार , मुखिया , प्रधान को खोजी भन्दा “अजेण्डा”को खोजी गर्न सक्ने मतदाता भैसकेको आभास यसपटकको चुनावी महासंग्रामले गरायको कुरालाई नजरअन्दाज गर्नेहरूको अवस्था आउने दिनमा अझै जटिल हुनसक्छ भन्ने खबरदारि पनी हो ।
जनता निश्छ्ल , निर्मल ,अनि निस्वार्थि छ्न र पलपलका हरेक घडीमा समय सापेक्षरुपमा रुपान्तरण चहान्छ्न भन्ने आक्रमक झटारो पनि यो आम चुनावको महासंग्राममा जनता जनार्दनले साच्चिकै मत को दानबाट हानेका छ्न । यसलाई कुनै आग्रह पूर्वाग्रह नठानी यथार्थ सहितको सत्यमा आधारित राजनीतिको अविरल यात्राको पाठसालाको रुपमा ग्रहण गर्न गर्दै मतदाताको बिश्वास जित्न सकेको खण्डमा मात्र जनमतलाई परिवर्तन गर्न जो कोहिले न सक्ला भन्न सकिदैन ।
अहिलेको जनमत पुराना प्रतिको बिबिध खाले काम बाट उब्जिएको बिकर्षण कै कारण नयाँ प्रति आकर्षण बढेको जनमत हो भन्दा कत्ति पनि हिच्किचाहट मान्नु हुँदै कि भन्ने मेरो निष्कर्श हो ? जय होस् ।