‘बैंकले दिनदिनै धम्काउछन्,समस्या समाधानको पहल गरिदिनुपर्‍यो’


नेपालगन्ज -शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका नवनिर्वाचित प्रतिनिधीसभा र प्रदेशसभाका सदस्यलाई बधाई दिन कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा उपस्थित नवनिर्वाचित जनप्रतिनिधि सामु उद्योगीरव्यवसायीले आर्थिक क्षेत्रमा भोग्नुपरेको समस्या सुनाउदै समाधानको पहल गर्न अनुरोध गरे ।

उनिहरुले बैंकले दिनदिनै फोन गरेर धम्कीपूर्ण व्यवहार गरिरहेको बन्दै अहिले उत्पन्न समस्याको समाधान गर्न कुनै न कुनै पहल लिन आग्रह गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योग व्यवसाय फस्टाउन नसकिरहेको अबस्थामै बैंकले व्यवसायीलाई दुख दिने काम गरेको बताए । दैनिक जसो बैंकले फोन गरेर व्यवसायीलाई पैसा तिर्न धम्काउने काम गरिरहेको भन्दै अध्यक्ष मन्सुरीले समस्या परेका बेला सहुलित दिनुपर्ने बताए ।

मन्सुरीले जिल्लाको आर्थिक विकासमा सहकार्य गर्न अपिल गरेका छन् । संघले प्रतिनिधीसभाका सदस्य सुर्य ढकाल,धवल शमशेर राणा,किशोरसिह राठोर,प्रदेशसभा सदस्य कृष्णा केसी नमुना,दुर्गा प्रशाद चौधरी,आदेश अग्रवाल,वाद शाह कुर्मी,रत्न खत्रीलाई स्वागत गरेको थियो । नबनिर्बाचितले जिल्लाको आर्थिक विकासमा सक्रियतापुर्बक लाग्ने बताए ।

प्रकाशित मितिः     १६ मंसिर २०७९, शुक्रबार १७:१४  |