औद्योगिक क्षेत्रकाे भाडा वृद्धिविरुद्ध आन्दोलनमा उद्योगी


नेपालगन्ज –    औद्योगिक क्षेत्रको भाडा वृद्धिविरुद्ध आन्दोलित उद्योगपतिहरुले नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघमा आबद्ध उनीहरुले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगलाई दिइएको जग्गाको भाडा अस्वाभाविक रुपमा वृद्धि गरिएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

संघका अध्यक्ष किरण कार्कीको नेतृत्वमा व्यवस्थापन कार्यालय पुगेका उद्योपतिहरुले एकतर्फीरुपमा गरिएको भाडावृद्धि तत्काल फिर्ता लिन माग दबाब दिंदै तालाबन्दी र विरोध प्रदर्शन गरेका थिए ।

त्यस्तै, बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले पनि बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

प्रकाशित मितिः     २६ मंसिर २०७९, सोमबार ०९:५५  |