नेपालगन्ज -व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि दवाव दिन नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलनको घाेषणा गरेकाे छ ।
विभिन्न ७ बुदे बिषयबस्तु अघि सारेर संघले आन्दोलन गर्ने घाेषणा गरेकाे महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार,साेमवार बृहद प्रदशन गर्न लागिएको छ ।
हेर्नुस् संघको आन्दोलनको कार्यक्रम-
नेपालगंज उद्योग वाणिज्य संघ विगत लामो समय देखी व्यवसायिक क्षेत्रका मुद्दाहरु उठाउने समाधानका लागि परैवी गर्ने देखि आवश्यकताका आधारमा विभिन्न आन्दोलनहरु गर्दै आइरहेको यहाँहरुलाई अवगतनै छ ।
यसै क्रममा नेपालगंज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकको पछिल्लो अव्यवहारिक नीति विरुद्ध पहिलो चरणको आन्दोलन अन्र्तगत पत्रकार सम्मेलन, नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी प्रदर्शन र धर्ना दिइसकेको यहाँलाई जानकारी नै छ ।
हामी लगायत देशभरका उद्योग वाणिज्य संघहरुको पहिलो चरणको आन्दोलनबाट नेपाल राष्ट्र बैंक र सरकारले व्यवसायीका मुद्दाहरु सुनुवाई गर्न सकिरहेकोे छैन ।
व्यवसायीहरु पिडामा छन्, आर्थिक मन्दी छ, बैंकमा तरलता अभाव छ, बैंक ब्याज अत्याधिक महंगो छ, नेपाल राष्ट्र बैंकको नीतिले व्यवसायीहरु धरासायी हुने अवस्था छ । यस्तो अवस्थामा निजि क्षेत्र धरासायी भइरहँदा नेपाल राष्ट्र बैंक मुखदर्शक भइरहेको छ ।
अतः नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपालगंज उद्योग वाणिज्य संघले दोश्रो चरणको कार्यक्रम अन्र्तगत कालोपट्टी सहित बृहत प्रर्दशन, संघको प्राङ्गणबाट बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंक, नेपालगन्ज कार्यालय अगाडी गई धर्ना दिने कार्यक्रम तपशिल अनुसार आयोजना गरिएको सबैमा जानकारी गराउँदछौ ।
साथै सो बृहत प्रदर्शनमा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुको सहभागिताका लागि हार्दिक अपिल गर्दछौ ।
तपशिल
मिति ः– २०७९ साल पौष ११ गते सोमवार
समय ः– बिहान १० बजे (संघको प्राङ्गण)
हाम्रा मागहरु
१. राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गर ।
२. वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर ।
३. चालु रहेको ओभरड्रफ्ट लोन यथावत राख ।
४. कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर । (२० र २५ प्रतिशत)
५. बैंक ब्याज सिंगल डिजिट कायम गर ।
६. ब्याजदर नियन्त्रण गर ।
७. बैंकहरुको आतंक बन्द गर ।