नेपालगन्ज / नेपालगन्ज साइक्लिङ क्लबले हरेक बर्ष आयोजना गर्दै आइरहेको ” टुर डे ठाकुरद्वारको” ५ औं सस्करण यसबर्ष माघ २७-२८ गते हुने भएको क्लब का अध्यक्ष सतिश निरौलाले बताउनु भयो ।
क्लबले आज नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागिएको टुर डे ठाकुरद्वारको सचिवालयको समेत उद्घाटन गरिएको जानकारी सचिव प्रदीप सापकोटाले दिनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य माननीय रत्न खत्रीले एक समारोह का विच टुर डे ठाकुरद्वार-२०७९ को सचिवालय उद्घाटन गर्दै कार्यक्रमले बाके र बर्दियाका पर्यटकीय क्षेत्र को प्रचारप्रसार मा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपालगन्ज साइक्लिङ क्लब को प्रसम्सा गर्नुभयो।
उद्घाटन समारोहका प्रमुख अतिथि माननीय रत्न खत्रीले कार्यक्रम मा आफू पनि सहभागिता जनाउने प्रतिबद्धता सहित कार्यक्रम लाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
क्लबका अध्यक्ष सतिश निरौलाले सचिवालय उद्घाटन सङ्गै अब आफुहरु कार्यक्रम लाई भब्य रूपमा सम्पन्न गर्न सम्पूर्ण रूपमा होमिएको र यसबर्ष भारतिय शहरहरु कस्मिर, मुम्बई , दिल्ली , चन्डिगढ, लुधियाना, बरेली, लखनउ , पन्जाब, नैनिताल लगायत का ठाउँ बाट झन्डै ५० बढी सहभागी र नेपालका ७ वटै प्रदेशका सबै शहर बाट गरि १०० बढी र स्थानीय बाके/ बर्दिया बाट १०० बढी सहभागी गरि २५० बढी साइक्लिस्टहरुको सहभागिता रहने क्लब का कोषाध्यक्ष राजेस गुप्ता ले जानकारी दिनुभयो ।