नेपालगन्ज – दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैंकले कायम हुने नयाँ नाम तोकिदिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो।
योसँगै गाभिएर बनेको नयाँ बैंकले यही पुस १७ गतेदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्नेछ।