काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मागहरु पुरा गर्ने आश्वासन दिएपछि उद्योगी व्यवसायीले जारी आन्दोलन फिर्ता लिने भएका छन । बुधबार अर्थमन्त्री पौडेल र व्यवसायीबीच अर्थ मन्त्रालयमा वार्ता भएको थियो ।
चालू पुँजी कर्जा केही समय स्थगन, ब्याजदर एकल अंकमा राखिनुपर्ने लगायतका मागमा अर्थमन्त्री सकरात्मक देखिएपछि उद्योगी व्यवसायीले आन्दोलन स्थगितको निर्णय गरेका हुन ।
बिराटनगर वीरगञ्ज भैरहवा नेपालगञ्ज काठमाडौंका उद्योगीले पत्रकार सम्मेलन गरेर स्थगित भएको जानकारी गराउने भएका छन । बार्तामा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले अहिले आर्थिकक्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री पौडेलले गम्भीरता देखाएको बताए ।
“उहाँले डेढ घण्टा हाम्रो कुरा सुन्नुभयाे । मेराे पहिलाे प्राथमिकता अहिलेकाे समस्या समाधान गर्नु हो भनेर हामीलाई आश्वस्त पार्नुभयो”- मन्सुरीले भने ।