नेपालगन्जमा सडक सुरक्षा खाेई ?


नेपालगन्जमा प्राय जसो महिनैपिच्छे सडक दुर्घटनामा पैदल यात्रीहरु र साइकल यात्रीहरुले ज्यान गुमाएका समाचारहरु आइरहेका छन् शनिवार  दिउँसो मात्रै न्युरोड नेपालगन्जको ब्यस्त बजार जहाँ ठुलो सवारी साधन पस्न नमिल्ने ठाउँमा ट्रक हिड्दा एक साइकल यात्री युवा को ट्रक ले किचेर भएको मृत्यु प्रती नेपालगन्ज साइक्लिङ क्लब को गम्भीर ध्यानाकर्षण भएको छ।

सडक पेटी अतिक्रमण , ब्यस्त भित्री बजारमा ठुलो सवारी साधनको आवागमन , ट्रक र बस हरु को लापरबाही र ट्राफिक प्रहरीले आवश्यक ट्राफिक नियम पालना गराउन प्रयत्न नगर्नु आदि कारणले हुने गरेका सडक दुर्घटना ले बर्षै पिच्छे १०० औंले ज्यान गुमाउनु परिरहेको छ। यसप्रति नेपालगन्ज साइक्लिङ क्लब प्रहरी – प्रशासन , स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।

— सतिश निरौला
अध्यक्ष
नेपालगन्ज साइक्लिङ क्लब

प्रकाशित मितिः     १७ पुष २०७९, आईतवार ०७:३८  |