तारे हाेटलहरुको संस्था (हान)बाँकेकाे अध्यक्षमा दीवाकर खनाल


नेपालगन्ज २५ पुष – होटल अर्गनाइजेशन नेपाल,(हान) बाँके च्याप्टरको प्रथम साधारण सभाबाट अध्यक्षमा दीवाकर खनाल निर्विरोध निर्वाचित भएकाछन् ।

अध्यक्षमा निर्वाचित खनाल के खनाल होटलेका सञ्चालक हुन् । त्यसैगरी वरीष्ठ उपाध्यक्षमा होटल सिद्धार्थका केशव न्यौपाने, उपाध्यक्षमा सिटी प्यालेसका लोकेन्द्र अर्याल, महासचिवमा होटल अतिथीका नरबहादुर ओली, कोषाध्यक्षमा मेरो प्लानेटका डाक्टर ओमप्रकाश मिश्रा रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सोल्टीका राजविक्रम शाह, ग्यालेक्सी दरबारका तेजप्रसाद रेग्मी, होटल म्याक्सका मनोज केसी, कल्पतरुका दीपु गुप्ता, सार्मथ्य इनका सरोजकुमार चन्द र निर्वतमान अध्यक्ष समेत रहेका स्नेहा होटलका अशित शम्शेर राणा रहेकाछन् ।

अधिवेशनको उद्घाटन होटल अर्गनाइजेशन नेपालका केन्द्रिय वरीष्ठ उपाध्यक्ष विनायक शाहले गरेका थिए । भने केन्द्रिय महासचिव साजन शाक्यले साधरण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मितिः     २५ पुष २०७९, सोमबार १९:०९  |