माघ महिनामै नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने निश्चित


नेपालगन्ज – माघ महिनामै नरैनापुरमा इलाका प्रशासन कार्याालय पुनःस्थापन हुने निश्चित भएको छ ।

बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई शुक्रबार भेटेर नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल पुन:स्थापन गर्न ध्यानाकर्षण गराएका थिए । ढकालकाे ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएका गृहमन्त्री लामिछानेले १५ दिन भित्र मागकाे सुनुवाइ गर्न गृहसचिवलाई निर्देशन दिएपछि पुनस्र्थापनकाे काम शुरु भएको हो ।


बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनस्र्थापना नहुँदा स्थानीयवासीले सास्ती झेल्नु परेको छ । नरैनापुर गाउँपालिका वडा नं.४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा बिस्थापित भएको थियो । ढकालले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ,- त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भईसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनस्र्थापित हुन सकेकाले इलाका प्रशासन कार्यालय यथाशिघ्र पुनस्र्थापनाको लागि माननीय गृहमन्त्री ज्यू समक्ष ध्यानाकर्षण गराउन चाहन्छु ।

इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाण पत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी बञ्चित हुन पुगेका छन् । अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगन्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको छ । इलाका प्रशासन नहुँदा खासगरी बृद्ध बृद्धा, अपाङ्गहरु नेपालगन्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकताा बनाउन नसकी बृद्ध,  अपाङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित हुन पुगेकाे ढकालकाे भनाइ छ ।

ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुनस्र्थापना गर्न माग गर्दै नरैनापुरवासीले ५ हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका छन् । इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनस्र्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउने ब्यवस्था मिलाउनको लागि गृहमन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश गरेको ढकालले बताए ।

लुम्बिनी प्रदेश मन्त्री कृष्ण केसी नमुनाले नरैनापुरमा स्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको निरिक्षण गरिन ।  द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।  लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मात सम्पन्न भए पछि कार्यालय स्थापना हुने बताउदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने जिकिर गर्नु भयो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नुभयो, इलाका प्रशासन कार्यालय नरैनापुर ४ मा संचालनका लागि ५ कोठे भवन भाडामा लिने भए पछि प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर लगायतको टोलीलाई बोलाएर भवनको निरिक्षण गराए । उनले भने-संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको बताउदै इलाका प्रशासन स्थापना भए पछि जनतालाई ठूलो राहात हुने जिकिर गर्नु भयो ।

प्रकाशित मितिः     ३ माघ २०७९, मंगलवार ०७:४०  |