कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे


नेपालगन्ज – हाेमस्टे मार्फत कृषि जैविक बिबिधता संरक्षण गर्नुपर्नेमा सराेकारवाला निकायले जाेड दिएका छन् ।

राष्ट्रिय कृषि जैविक बिबिधता बर्ष – २०७९ अन्तरगत रम्मापुर सामुदायिक होमस्टे बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै हाेमस्टे एशाेसियसन नेपालका संस्थापक अध्यक्ष भिम केसीले रैथान कृषि उत्पादनकाे संरक्षण गर्ने दायित्व हाेमस्टेकाे भएको बताए ।

कृषि जैविक बिबिधताकाे सवाललाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै केसीले हाेमस्टेलाई त्यसकाे जिम्मेवारी सुम्पनुपर्नेमा जाेड दिए ।

हाेमस्टे एशाेसियसनका महासचिव कृष्ण चौधरीले रैथानले कृषिक्षेत्रकाे संरक्षणलाई आफुहरुले गम्भीरतापूर्वक लिएको र याेजना नै बनाएर कार्यान्वय गरिरहेकाे बताए । यसकाे सुरुवात भएको उल्लेख गर्दै चौधरीले आगामी दिनमा कृषि जैबिक बिबिधतालाई प्राथमिकता दिने बताए ।

बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले हाेमस्टे र कृषि जैविक बिबिधता एकअर्काको परिपुरक भएको बताए । कार्यक्रम हाेमस्टे एशाेसियसन लुम्बिनी प्रदेश समितिले गरेकाे थियाे ।

प्रकाशित मितिः     ५ माघ २०७९, बिहीबार १४:५६  |