प्रमुख नाकामै जडिबुटीकाे निकासी घट्दै


बाँके ६ माघ – नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो ।

तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीति कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन् ।

जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७७/२०७८
मा नेपालगन्ज हुँदै ४५ लाख १८ हजार ७ सय ७७ केजि ४२ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा घटेर ४२ लाख
२० हजार २ सय २८ किलोग्राम जडिबुटी निर्यात भयो ।

‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा भने । उनका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । शर्मा अनुसार, औषधी, साबुन, स्याम्मु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ त्यहा“का खरिद गरी ब्यबसायीहरुले बिदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी ब्यबसायीहरुले झण्झट ब्यहोर्नुपरेको अध्यक्ष शर्मा बताए ।
‘थुप्रै प्रकारका जडिबुटीको माग बिदेशमा बढ्दै गएको छ तर देशभित्रै र छिमेकी भारतकै उत्तरप्रदेश सरकारको अड्चनका कारण निर्यातमा समस्या झेल्नपरिरहेको छ । भन्नेबेला जडीबुटीको खानी भन्ने तर व्यवसायीका लागि
हैरानी व्यहोर्ने व्यवसाय बनाइएको छ ।’–शर्माले भने ।

भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि जडीबुटी व्यवसायीले
थप सास्ती भोग्नु परेको छ । जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागुभएपछि व्यवसायीहरुले लामो सयमदेखि खारेजको माग गर्दा समेत केही प्रक्रिया अगाडी बढ्न सकेको छैन । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । अहिले त जमुनाह भारतीय कष्टमले अनावश्यक झण्झट गर्नाले व्यवसायीहरु झन् निरास छन् ।

नीतिगतरुपमा समस्या समाधान नभएका कारण भारत निकासी गर्दा व्यवसायीहरु घु“स दिन बाध्य भएका छन् । व्यवसायीहरुले संकलन गरेको जडिबुटी नेपालगञ्जका
नाकाहरुमा थन्केर कुहिन अबस्था समेत आउने गरेको छ । भारत निकासी गर्दा व्यवसायीहरुले जडिबुटी अनुसार किलोको दरले घु“स दिइरहेका छन् जुन कुरा व्यवसायीले मुख खोलेर भन्न सक्दैनन् ।

अहिले व्यवसायीहरुले ‘ट्राञ्जिट परमिट’ र घु“सको समस्या भोग्दै आएका छन् । भारत निकासीमा व्यवसायीहरुले भारतका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिइरहेको एक व्यवसायीले बताए । उनले भने, ‘जडिबुटी निकासीमा ‘ट्राञ्जिट परमिट’ प्रणाली लागुभएपछि व्यवसायीहरु घु“स दिएर निकासी गरिरहेका छन् ।’

नेपालगञ्जका जडिबुटी व्यवसायीहरुले नेपाल भारत सीमा रुपैडिया“ देखि गोण्डासम्मका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिएर निकासी गरिरहेका
छन् । अझ जडिबुटी हेरेर झन धेरै दिनुपर्ने बाध्यता समेत छ ।

पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । व्यवसायीका अनुसार भारतीय वन विभाग गोण्डामा रजिष्ट्रेशन फर्म भरी निकासी स्वीकृत लिन घु“स दिनुपर्छ नत्र स्वीकृत पाईदैन् । नेपाल–भारत पारवहन
सन्धीअनुसार जडिबुटी निर्बाध निकासा गर्न पाउनु पर्ने भएपनि ट्राञ्जिट परमिट लागु गरेर झन्झटिलो बनाईएको छ । यो समस्या लामो समयदेखि जडिबुटी व्यवसायीहरुले भोग्दै आएका छन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमाजानकारी गराउ“दा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप
समेत लगाए ।

प्रकाशित मितिः     ६ माघ २०७९, शुक्रबार १२:३९  |