भेरीमा डायलाईसिस कक्ष उद्घाटन, सेवा झन प्रभावकारी हुने


नेपालगन्ज – स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरी ज्युबाट भेरी अस्पताल नेपालगन्जको निरीक्षणसंगै डायलाइसिस कक्षको समुद्घाटन भएको छ ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उदेश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु माननीय सुर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप-निर्देशक डा.रोशनलाल चौधरीसहित यहाँका राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । अस्पतालको सेवालाई थप प्रभावकारी, गुणस्तरिय र सुदृढ बनाउने सवालमा व्यक्त सुझावलाई शिरोपर गरिनेनै छ ।

प्रकाशित मितिः     ८ माघ २०७९, आईतवार १२:४६  |