बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….


नेपालगन्ज   । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा सफारीका क्रममा भेटिएको बाघकाे चिन्ह । तस्वीर/ श्यामकुमार साह

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ ।

बाँके निकुञ्जमा २१ बाट बढेर बाघको संख्या २५ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किने गरेको उनले सुनाए । ‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदै छ’, निकुञ्जका प्रमुख श्याम कुमार साहले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाएका छन ।’ पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्था छ ।

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य हो । चुरे क्षेत्रमा हाइकिङ गर्न सकिने हुँदा पर्यटकको रोजाइँ हुन थालेको गाभर भ्याली सामुदायिक होमस्टेका प्रमुख कृष्ण चौधरीले बताए । ‘यहाँ ससाना चुरे छन’, उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्वव बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि निजी थारू होमस्टे र सामुदायिक होमस्टे सञ्चालित छन । सबैभन्दा महत्वपूर्ण कुरा बिमानस्थल र सुविधा सम्पन्न तारे होटल यहाँ स्थापना भएका छन् ।

प्रकाशित मितिः     ८ माघ २०७९, आईतवार १६:५९  |