पर्यटकीय दृष्टिकोणले हाल सम्म ट्रान्जिट मात्र भएको नेपालगन्जलाई हब बनाउने हाम्रो अठोट हो ।
सपनाको सहर नेपालगन्ज बाट कैलाश मानसरोवर हवाई दुरदर्सन ( माउन्टेन फ्लाइट ) गराउन सके नेपालगन्ज लाई विश्व पर्यटन सङ्ग जोडन सकिन्छ भन्ने चिन्तन हो । यिनै अठोट र चिन्तनको परिणाम यहि माघ १६ गते अर्थात ३०जनवरीका दिन नेपालगन्ज – कैलाश मानसरोवर माउन्टेन फ्लाइट को पहिलो उडान भर्ने “सम्झौता वेस्टर्न ट्राभल मार्ट नेपाल ” र नेपालको हवाइ क्षेत्रको अग्रणी संस्था ” बुद्ध एअर ” बीच भएको छ ।
आशा गरौं यस उडानले नेपालगन्ज मात्र नभई पश्चिम नेपालको पर्यटन बिकासमा थप टेवा दिने विश्वास लिएका छौं ।
कुनै पनि उडान पहिलो उडान पछि दोश्रो तेश्रो र नियमित र स्थायी उडान हुन जरुरी रहन्छ तर नियमित उडान गर्न ठूलो चुनौती हो भन्ने पाठ” नाट्टा बाँके च्याप्टर ” ले यस अघि नेपालगन्ज देखि पोखरा उडान भर्दा अनुभुती गरिएको छ । यद्यपि नेपालगन्ज – कैलाश मानसरोवर ( माउन्टेन फ्लाइट ) नियमित उडान भर्न नाट्टा बाँके च्याप्टर लागि रहने छ थाक्ने छैन ।
जहाज भरिए उडानहरु निश्चित हुन्छन । कैलाश मानसरोवर हवाई यात्रा एउटा अभियान हो , यो अभियानमा आम बिकास प्रेमीहरुको साथ र आशीर्वाद रहनेछ । यस अघि नेपालगन्ज पोखरा उडान भर्दा साथ र आशिर्वाद दिन छुट्नु भएका हरु यो अभियानमा साथमा भन्ने विश्वास गरेका छौं ।