सबैभन्दा धेरै निर्यात हुने जडिबुटी बन्यो कालीकाठको दाना


नेपालगन्ज -कर्णाली प्रदेशमा पाइने कालीकाठको दाना नेपालगन्ज नाका हुँदै सबैभन्दा धेरै निकासी हुने जडिबुटीको सूचीमा परेको छ । सानो रुखमा पाइने यो जडिबुटी आर्युबेद औषधी बनाउन प्रयोग हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघ अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए । पछिल्लो चार बर्षदेखि यो जडिबुटी व्यवसायीहरुले भारत निर्या गरिरहेका छन् । नेपाली बजारमा यसको मुल्य प्रतिकेजी रु ६ सय रहेको
छ ।

आर्थिक वर्ष २०७७/२०७८ मा नेपालगन्ज हुँदै ४५ लाख १८ हजार ७ सय ७७ केजि ४२ थरी जडिबुटी निकासी भएको थियो । त्यस मध्ये सबैभन्दा धेरै ७७ हजार ९ सय ३ किलोग्राम कालीकाठको दाना निर्यात भएको थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा घटेर ४२ लाख २० हजार २ सय २८ किलोग्राम जडिबुटी निर्यात भयो । त्यसमा सबैभन्दा धेरै १ लाख १२ हजार १ सय २१ किलोग्राम कालीकाठको दाना निर्यात भएको थियो । हेर्नुहोस् निकासी भएको जडिबुटीको परिणाम-

भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि जडीबुटी व्यवसायीले थप सास्ती भोग्नु परेको छ । जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागुभएपछि व्यवसायीहरुले लामो सयमदेखि खारेजको माग गर्दा समेत केही प्रक्रिया अगाडी बढ्न सकेको छैन । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । अहिले त जमुनाह भारतीय कष्टमले अनावश्यक झण्झट गर्नाले व्यवसायीहरु झन् निरास छन् ।

नीतिगतरुपमा समस्या समाधान नभएका कारण भारत निकासी गर्दा व्यवसायीहरु घु“स दिन बाध्य भएका छन् । व्यवसायीहरुले संकलन गरेको जडिबुटी नेपालगञ्जका नाकाहरुमा थन्केर कुहिन अबस्था समेत आउने गरेको छ । भारत निकासी गर्दा व्यवसायीहरुले जडिबुटी अनुसार किलोको दरले घु“स दिइरहेका छन् जुन कुरा व्यवसायीले मुख खोलेर भन्न सक्दैनन् ।

अहिले व्यवसायीहरुले ‘ट्राञ्जिट परमिट’ र घु“सको समस्या भोग्दै आएका छन् । भारत निकासीमा व्यवसायीहरुले भारतका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिइरहेको एक व्यवसायीले बताए । उनले भने, ‘जडिबुटी निकासीमा ‘ट्राञ्जिट परमिट’ प्रणाली लागुभएपछि व्यवसायीहरु घु“स दिएर निकासी गरिरहेका छन् ।’

नेपालगञ्जका जडिबुटी व्यवसायीहरुले नेपाल भारत सीमा रुपैडिया“ देखि गोण्डासम्मका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिएर निकासी गरिरहेका छन् । अझ जडिबुटी हेरेर झन धेरै दिनुपर्ने बाध्यता समेत छ ।

पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । व्यवसायीका अनुसार भारतीय वन विभाग गोण्डामा रजिष्ट्रेशन फर्म भरी निकासी स्वीकृत लिन घु“स दिनुपर्छ नत्र स्वीकृत पाईदैन् । नेपाल–भारत पारवहन सन्धीअनुसार जडिबुटी निर्बाध निकासा गर्न पाउनु पर्ने भएपनि ट्राञ्जिट परमिट लागु गरेर झन्झटिलो बनाईएको छ । यो समस्या लामो समयदेखि जडिबुटी व्यवसायीहरुले भोग्दै आएका छन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउ“दा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत लगाए ।

 

प्रकाशित मितिः     ९ माघ २०७९, सोमबार १३:४३  |