मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव


नेपालगन्ज- नेपाल राष्ट्र बैंक यतिबेला चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ । त्यसका लागि राष्ट्र बैंकले राय–सुझाव समेत मागेको छ ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको हो। राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल mयलभतबचथउयष्अिथ२लचद।यचन।लउ मा रायसुझाव पठाउन सकिने जनाइएको छ ।

प्रकाशित मितिः     ९ माघ २०७९, सोमबार १४:२८  |