आचार्यकाे निधनकाे शाेकमा भाेलि नेपालगन्जमा व्यवसाय बन्द गरिने ,धम्वाेझीमा शाेकसभा हुने


नेपालगन्ज – इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’काे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनकाे शाेकमा नेपालगन्ज उद्योग वाणिज्य संघले भाेलि बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेकाे छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वाेझीचाेकमा शाेकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

हेर्नुस् संघकाे बिज्ञप्ति-

इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’काे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।

सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योग/व्यवसाय धराशायी बनेकाे छ । व्यवसायीहरु घर न घाटकाे अबस्थामा आइपुग्नुपरेकाे छ । हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणकाे पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम चालिएको छैन । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाकाे परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका हाेनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य हुनुभयाे । दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

अकल्पनीय घटनाले देशभरका उद्योगी/व्यवसायीलाई मर्माहत र पीडा दिएको छ । याे एउटा व्यक्तिको मृत्यु भएको सामान्य घटना होइन हरेक क्षेत्रमा अब्यवहारिक नीति निर्माण गर्ने राज्य चलाउनेहरुको अनुहारमा कहिले पनि नमेटिने गरेर लागेको कालो धब्बा हो । आत्मदाह पुर्ब आचार्यले उठान गर्नु भएको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिकाे पीडा हरेक उद्योगी,व्यवसायी भाेग्नुपरिरहेकाे छ । अत नेपालगन्ज उद्योग वाणिज्य संघ अकल्पनीय यस घटनालाई गम्भीरतापूर्वक लिदै बिद्यमान देखा परेका निजिक्षेत्रलाई प्रताडित बनाउने नीति सच्याउन सरकारलाई दवाव दिन र स्वर्गिय आचार्यको निधनकाे शाेकमा २०७९ माघ १२ गते दिउँसो १ बजेसम्म सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आह्वान गर्दछ ।साथै साेहि दिन बिहान दस बजेदेखि १ बजे धम्वाेझीचाेकमा आयोजना गरिन लागेकाे शाेकसभा भेला भइदिनु हुन सम्पुर्ण उद्योगी/व्यवसायमा अनुराेध छ ।

प्रकाशित मितिः     ११ माघ २०७९, बुधबार १८:३४  |