नेपालगन्ज – इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’काे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनकाे शाेकमा नेपालगन्ज उद्योग वाणिज्य संघले आज बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेकाे छ ।
साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वाेझीचाेकमा शाेकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।