जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्माकाे बिदाई


नेपालगन्ज – जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्मालाई यहाँका पुस्तक ब्यवसायीहरुका संगठनहरुले बिदायी कार्यक्रम गरिरहेका छ्न ।
झण्डै दुई दशक नेपालगन्जमा रहेर साबिक मध्यपश्चिम बिकाश क्षेत्रमा जनक शिक्षा सामाग्री केन्द्र बाट उत्पादित पाठ्यसामग्रीको सहज उपलब्धता गराउन प्रमुख शर्माले महत्त्वपूर्ण भुमिका खेलेको ब्यवसायी संस्थाका नेतृत्व हरुले बताइरहेका छ्न ।

प्रमुख शर्माको नेपालगन्ज बाट केन्द्रिय कार्यालय काठमाडौमा प्रशासन प्रमुखको जिम्मेवारी सहित सरुवा भएको हो ।
सरकार बाट सामुदायिक बिद्यालयहरुका पाठ्यसामग्री उत्पादन गर्ने अनुमति प्राप्त यश क्षेत्रकै एक मात्र पब्लिकेशन नयाँ मुलुक प्रकाशन प्रालिले प्रमुख शर्मालाई सम्मान पत्रले सम्मान गर्दै बिदायी गरेको छ ।
नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलिले उहाँ लाई सम्मान गर्दै प्रमुख शर्मा एउटा सफल कार्यालय प्रमुख भएको बताउनु भयो ।

अध्यक्ष ओलिले शर्माले यस क्षेत्रका सामुदायिक बिधालयहरुमा आवश्यक पर्ने पाठ्यसामग्री सहज र सरल ढंगले उपलब्ध गरायर शैक्षिक गुणस्तरलाई उच्चो राख्न महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै नयाँ मुलुक प्रकाश प्रालिले मात्र नभई यस क्षेत्रका पाठ्यसामग्री संग सम्बद्गहरुले समेत सम्मान गरिरहेको बताउनु भयो । प्रमुख शर्माले जिम्मेवार रास्ट्रसेवक कर्मचारीको भुमरीका का संग संगै यश क्षेत्रका ब्यवसायी र स्थानीय संग मैत्रीपुर्ण ब्यवहार निभाउनु भएको ओलिले स्मरण गर्नु भयो ।

नयाँ मुलुक प्रकाशन प्रालिको आयोजनामा भएको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका केन्द्रिय सचीव बुद्धि प्रसाद अधिकारिले कार्यलय प्रमुख शर्माको कर्तव्यनिश्ठ अनुसासित सलर ब्यवहार बाट पुस्तक ब्यवसायीहरु प्रभावित भयको हुदा आफुहरुको संस्थाले पनि बिदायी सहित सम्मान गरेको उल्लेख गर्नु भयो ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बांकेका अध्यक्ष किशोर आचार्यले ब्यवसायी मैत्री कार्यालय प्रमुख शर्मालाई बिदायी गर्दा आफुहरु भाबुक हुनुपरेको बताउनु भयो ।

उक्त कार्यक्रममा पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त लामिछाने , पुर्ब केन्द्रिय सचीव राम प्रसाद गौतम , मसलन्द ब्यवसायी महासंघका केन्द्रिय सद्स्य आशिष श्रेष्ठ , नेपाल मुद्रण उधोग महासंघका पुर्ब केन्द्रिय सदस्य तपेन्द्र बिक्रम शाह , नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बांकेका संस्थापक अध्यक्ष नारायण ज्ञवाली , पुर्ब लुम्बिनी प्रदेश सदस्य दुर्गा बस्नेत लगायतले प्रमुख शर्माले यसक्षेत्रका सरकारी बिधालयको शैक्षिक गुणस्तरमा पाठ्यसामग्रीको तर्फबाट पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित हुनुभयकोमा बधाई दिदै आगामी जीवन यात्राको शुभकामना दिनु भयो ।

प्रकाशित मितिः     १० फाल्गुन २०७९, बुधबार १२:००  |