अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा २०७६ साल माघ ११ गते नेपालगन्जको उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भयो । मन्सुरी नेतृत्वमा पुगेको छोटो समयमै प्रभाव जमाउन सफल व्यवसायीक नेताकारुपमा स्थापित भएका छन् । कुरा भन्दा कामलाई प्राथमिकता दिने व्यवसायिक नेता मन्सुरी अध्यक्ष चुनिनुअघि संघको उपाध्यक्ष थिए । उनी दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष रहिसकेका थिए । संघको कार्यसमितिको अरु पदमा रहँदा उनले देखाएको नेतृत्व कौशलकै कारण उनलाई नेपालगन्जका व्यवसायीहरुले आफ्नो छाता संगठनको अध्यक्ष चुने । तर, उनी अध्यक्ष चुनिएको केही समयपछि नै विश्व महामारी कोरोना संक्रमण सुरु भयो । जसकारण संघका पूर्वनिर्धारित केही कार्यक्रमहरुमा धक्का लाग्न पुग्यो । यद्धपि आइपरेको संकटमा पनि संघले आफूलाई सक्रिय बनाई महामारी नियन्त्रणका लागि सहकार्य र महामारीले निम्त्याएका समस्या समाधानमा केन्द्रित भयो । अध्यक्ष चुनिएको पहिलो तीन वर्ष पुगेको सन्दर्भमा चुन्नाको नेतृत्वमा भएका कामबारे वीरेन्द्र जैसीले गरेको संवाद –
तपाईंको तीन वर्षको कार्यकाल कस्तो रह्यो ?
तीन वर्ष अघि उद्योगी,व्यवसायीहरुले हामीलाई बिवास गरेर निर्वाचित गर्नुभएको थियो । मतदाता ज्यूहरुको घरदैलोमा पुग्दा हामीले कार्ययोजना लगेर गएका थियौं । त्यसैका आधारमा हामीलाई उहाँहरुले मत दिएर जिताउनुभयो । त्यतिबेला हामीले नेपालगन्जमा उद्योग, वाणिज्य, व्यापार र व्यवसायका आधारभूत समस्याहरुको सम्बोधनका लागि पैरवी गर्नेगरी नै योजना बनाएका थियौँ । मुख्यतः नेपालगन्जको खुला सीमा नाका र त्यसले निम्याएको कर छली अनि यहाँका उपभोक्ताहरुको भारतीय बजारबाट किनमेल गर्ने प्रवृत्तिमा कमी ल्याउन पहल गर्ने योजना बनाएका थियौँ । भन्सारका समस्या समाधान, बढिरहेको बैंक ब्याज न्यूनिकरणका लागि आवाज उठाउने योजना बनाएका थियौँ । यसबाहेक उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रमको पनि योजना हामीसँग थियो । औद्योगिक क्षेत्र र नेपालगन्जबाट अन्तराष्ट्रिय उडानका लागि निरन्तर खबरदारी गर्ने पनि योजना थियो । तर, हाम्रो कार्यकालको दोस्रो बैठक पछि नै कोरोना महामारी सुरु भयो । हामीले तय गरेका सबै योजनाहरुलाई निरन्तरता दिन सकिएन । यद्यपी उद्योगी,व्यवसायी माझ गरेको धेरै वाचा पुरा भएका छन् । हामीले कोभिडका समयमा उद्योगी,व्यवसायी मात्र होइन आमनागरिकको जीवन कसरी बचाउने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने बिषयमै लगभग सबै समय खर्चिनुपर्यो । अहिले कोभिडको महामारी त छैन तर आर्थिक समस्याले हामीले झन् पिरोलेको छ । बैंक तथा बित्तिीय संस्थाहरुले दिने गरेका तनावका कारण उद्योगी,व्यवसायी आत्महत्या गर्नेसम्मको बाटो समातिरहेका छन् । हामीले सरकारलाई सडकमै पुगेर बर्तमान परिस्थितीको छिटो समाधान होस् भनिरहेका छौं । तर ठोसरुपमा सुनुवाई भइरहेको छैन । निष्कर्षमा भन्ने हो भने बिषमपरिस्थितीमा पनि हामीले उद्योगी,व्यवसायीको मन जित्ने गरी काम गरेका छौं ।
कोरोना महामारीका बेला यहाँहरुले आफ्नो भूमिका कसरी निर्वाह गर्नभयो ?
कोरोना महामारी चलिरहेका बेला पनि हामीले आफ्नो भूमिका खेल्यौँ । सारा देश लकडाउनमा हुँदा व्यपार व्यवसाय सन्चालन गर्न अनेक चुनौतिहरु दिए । व्यापार व्यवसाय सहजीकरणका लागि हामीले प्रशासनसँग सहकार्य ग¥यौँ । माहामारीका बेला सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अस्पताल र स्वास्थ्यकर्मीलाई आवश्यक पिपिईका विकल्पमा प्रयोग गर्न सकिने कपडाहरु तयार गरायौँ । कार्यसमिति सदस्य र ईच्छुक उद्योगी व्यवासायीबाट कोष संकलन गरेर ती सामग्री बनाएर नेपालगन्ज बाहिरका सहरमा पनि पठायौँ । यसका साथै कोरोना महामारीसम्बन्धि सचेतनामा सहकार्य ग¥यौँ । माक्स र स्यानिटाइजर वितरण ग¥यौँ । पसलहरु सबै बन्द रहेको अवस्थामा हामीले ईच्छुक व्यक्तिहरुलाई सबै सावधानी अपनाएर पसल खोल्न पनि लगायौँ । व्यवसायीहरुलाई पासको व्यवस्था ग¥यौँ । पसलमा पनि मानिसहरु आउन नसक्ने अवस्था सृजना भएपछि हामीले सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुको घुम्ति पसलहरु सन्चालन ग¥यौँ । जसले आम मानिसहरुलाई ठूलो राहत मिल्यो । खाद्यान्नको आपूर्तिका लागि सरकारसँग पनि सहकार्य ग¥यौँ । यसैगरी भेरी अस्पतालमा पाँच लाख ५१ हजारको अक्सिजन पाइपको व्यवस्था ग¥यौँ । अरु थुप्रै कामका पनि सहकार्य ग¥यौँ ।
लकडाउनका कारण उत्पन्न समस्या समस्या समाधानका लागि के गर्नभयो ?
लकडाउनका कारण उद्यागी व्व्यवसायीलाई मुख्यतः दुई किसिमका समस्या उत्पन्न भएका थिए । एक बैंक ब्याज तिर्न नसकिएको र महंगो ब्याज भएको । अर्काे भाडा तिर्न समस्या भएको । यी दुईवटै समस्या समाधानका लागि हामीले विभिन्न निकायमा पहल ग¥यौँ । महासंघमार्फत सरकारलाई दवाब दियौँ । त्यसपछि मौद्रिक नीति र बजेटमा ब्याज छुट लगायका थुप्रै व्यवस्था भए । बैंकहरुलाई व्यवसायीलाइ धेरै दुःख नदिन र सहयोग र्न अनुरोध पनि ग¥यौँ । भाडा तिर्न समस्या भएका व्यवसायीका घरबेटीलाई पनि सहयोग गर्न अनुरोध ग¥यौँ । धेरै जनाले छुट पनि गर्नभयो । त्यस्ता घरबेटीहरुलाई हामीले सम्मान पनि ग¥यौँ । यसबाहेक व्यवसायीहरुले सहयोग मागेका ठाउँमा हामी तुरुन्तै पुगेर समस्या समाधान गर्ने प्रयास गरेका थियौँ ।
त्यसपछि देशमा सरकार परिवर्तन, विश्व महामारी, रुस युक्रेन युद्ध लगायतका कारण नेपालको अर्थतन्त्रमा पनि असर ग¥यो । सकारले उपयुक्त आर्थिक नीति अख्तियार गर्न नसक्दा व्यवसायीहरु मारमा पर्न थाले । बंैकले ऋण लगानीमा आनाकानी गर्ने, ऋण तिर्न नसक्ने अवस्था भएपनि व्यवसायीहरुलाई बैंकले धम्की र तनाव दिने, ऋण लिँदा तोकिएको ब्याजलाई बढाएर व्यवसायीहरुको ढाड सेक्ने कामहरु गर्न थाले । राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्नसाटो उल्टै नागरिकलाई समस्यामा पार्ने तर बैंकहरुलाई मुनाफा कमाउने वातावरण बनाउने काम ग¥यो । हामीले त्यसको खुलेर विरोध ग¥यौँ । राष्ट्र बैक र प्रशासन घर्ने, धर्ना दिने, सरकारका पदाधिकारीहरुलाई भेटेर समस्या दर्शाउने काम ग¥यौँ । त्यसपछि केही सुधारका कामहरु सरकारका तर्फबाट पनि भएका छन् । तर अझै थुप्रै सुधारहरु गर्नपर्ने आवश्यकता छ । हामी त्यसका लागि महासंघमार्फत आवाज उठाइरहेकै छौँ । त्यसका साथै व्यवसायीहरुले आत्मदाह गर्दा सकडमा आएर हामीले सरकारलाई खबरदारी पनि गरेका थियौँ ।
तपाईंहरुका पूर्वनिर्धारित कार्यक्रमहरु प्रभावित पनि भए ?
स्वभाविकरुपले यो कार्यकालमा अनेक चुनौतिहरु थिए । त्यसले कार्यक्रमहरुलाई पनि प्रभाव त पा¥यो । पहिलो त उद्योग वाणिज्यको प्रवद्र्धनका लागि आयोजना गर्ने भनिएका महोत्सवहरु हुन पाएनन् । यसैगरी जिआइजेडले व्यवसायिक सहजीकरण र व्यवसायिक आइडियाका विषयमा सहजीकरण गर्ने परियोजना पनि लगभग आइसकेको थियो । त्यो परियोजना पनि सफल हुन पाएन । यसबाहेक विभिन्न खालका तालिमहरु पनि हामीले गर्न पाएनौँ । सभा सम्मेलन र गोष्ठीहरु पनि हामीले चाहेजसरी हुन पाएनन् । लगानी आकर्षण गर्न एक सम्मेलन गर्ने भनेका थियौँ, त्यो पनि हुन सकेन । यद्धपि यी हाम्रा योजनामै रहेका कामहरु हुन् ।
व्यवसायीका अहिलेका मुख्य समस्याहरु के—के छन्?
मुख्य समस्या त राज्यको अनुचित नीति र बैंकहरुको अव्यवहारिक रवैया नै हो । जसकारण व्यवसायीहरु मारमा परेका छन् । बैंकहरुले व्यवसायी रहेमात्रै हामी पनि रहन्छौँ भन्ने तथ्यलाई बुझिदिनुपर्छ । सरकारले पनि बैंकहरु मोटाउने नीति होइन व्यवसायी मोटाउने नीति लागू गर्नपर्छ ।
नेपालगन्जका सन्दर्भमा हामीले उठाउँदै आएको खुला सीमाका कारण उत्पन्न समस्या समाधानको विषय हो । कोरोनाको लकाउनका बेलाको जस्तै कडाई र सुरक्षाको व्यवस्था भइदिएको भएका यहाँका व्यवसायीहरुलाई फाइदा पुग्ने थियो । भन्सारमा पनि अहिलेपनि जडीबुटीलगायतका वस्तु निर्यातमा समस्याहरु रहेकै छन् । भन्सारका अरु समस्या समाधानका लागि कि त सुरक्षा र भन्सार प्रशासन चुस्त बनाउनुप¥यो । अर्काे सीमामा बन्न लागेको आइसीपी चाडो निर्माण सम्पन्न हुनुपर्छ । भन्सारका धेरैजसो समस्याहरु आइसिपी बन्यो भने समाधान हुन्छन् । यसका लागि हामीले चाडो निर्माण गर्नपर्छ भनेर दबाब दिइरहेकै छौँ । यसैगरी पहिले करमा अन्यौलता र कर कार्यालयको सेवा प्रवाह गर्दा हुने व्यवहारबारे धेरै पश्नहरु उठ्ने गरेका थिए । अहिले भने कर सेवा प्रवाहमा कर्मचारीको व्यवहार सुध्रिएको पाएका र्र्छाँै । कतिपय अवस्थामा कर्मचारीका तर्फबाट व्यवसायीमाथि उचित व्यवहार नहुँदा उत्पन्न भएका समस्यामा संघले पहलकदमी लिएको छ । औद्योगिक क्षेत्र र अन्तराष्ट्रिय हवाइ उडानका लागि अहिलेपनि हामी आफ्नातर्फबाट पहल र ध्यानाकर्षण गराइरहेका छौँ ।
तपाईंहरुले चुनावअघि बाँके समृद्धिका आधार भनेर बहस सुरु गर्नभएको थियो । त्यसको प्रभाव जनप्रतिनिधिले तय गरेका नीतिहरुमा परेको छ ?
उक्त बहसबाट हाम्रो अपेक्षा भनेको बाँकेको विकासमा एक साझा धारणाको दस्तावेज बनोस् भन्ने हो । चुनावहरु विकासका मुद्धामा केन्द्रित होस् भन्ने हो । हामी कुनै निकायमा जाँदा होस् वा यहाँका नेताहरुले संसदमा बोल्दा होस् उनीहरुले ती आधारमा आफ्नो माग प्रस्तुत गरोस् भन्ने अपेक्षा हो । त्यसको लागि हामीले ठोस् पहल थालेका हौँ । यो केही हदसम्म सफल पनि भएको छ । अब हामी राजनीतिक क्षेत्रका अगुवाहरुसँग पनि चुनावअघि छलफल गरेका थियौँ । चुनावपछि पनि छलफल ग¥यौँ । केही जनप्रतिनिधिहरुले संसदमा उक्त दस्ताबेजको आशयअनरुप आफ्ना धारणहरु राख्नुभएको छ । यहाँबाट सरकारमा जानुभएकाहरुलाई पनि हामीले त्यसबारेमा ध्यानाकर्षण गराएका छौँ । उहाँहरुबाट बाँकेका समृद्धिका आधारमा एैक्यबद्धता पाएका छौँ । कार्यान्वयनका लागि निरन्तर खबरदारी पनि गर्छाैँ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
पहिलो त यहाँको पर्यटकीय संभावनालाई सहजीकरण हुनुपर्छ । नेपालगन्जबाट अन्तराष्ट्रिय उडानको व्यवस्था हुनुपर्छ । आइसीपी निर्माण चाडो सम्पन्न हुनुपर्छ । यहाँबाट पोखराजस्तै लुम्बिनीका लागि पनि उडान सुरु हुनुपर्छ । दोस्रो उद्योगहरुका लागि औद्योगिक क्षेत्रको विकास चाडोभन्दा चाडो हुनुपर्छ । उद्योगहरुलाई बिजुलीमा छुट गरिनुपर्छ । औद्योगिक क्षेत्र बनेर मात्रै हुँदैन, त्यहाँ उद्योगीहरु आकर्षित गर्ने स्पष्ट आधार दिइनुपर्छ ।
आशा गरौँ । निराश हुनु हुँदैन । नेपालगन्ज अधोगतिमा जान सक्दैन । कसैले लैजान खोज्छ भनेपनि उ सफल हुँदैन । नेपालगन्ज हिरा हो एकदिन चम्कन्छ । अनि उपभोक्ताहरुलाई भन्न चाहन्छु कि नेपाली उत्पादन र नेपाली व्यापार व्यवसायलाई प्रोत्साहन गरौँ । नेपाली उत्पादन र व्यापारलाई उपभोक्ताले माया गरेपछि मात्रै देश बन्छ र हामी बन्छौँ ।