नेपालगन्ज -नेपालगन्जमा कारोवार हुने कोर एरिया’मा तपाईले एकफन्को लगाउनुभयो भने सटर भाडामा छ वा पसल बिक्रीमा छ’ भनेर सटरैपिच्छे लेखिएका सूचना जत्ति पनि भेट्नुहुन्छ । दुई बर्षअघि कोभिडका कारण पसल,व्यवसाय बन्द गर्न बाध्य थिए उद्योगी,व्यवसायी ।
तर अहिले आर्थिक जर्जरताका कारण पसल बन्द गर्दै नयाँ बिकल्पको खोजिमा भौतारिरहेका छन् । कुनै बेला नाम चलेका व्यवसायी समेत यतिबेला ठूलो आर्थिक संकटमा गुज्रिएका मात्र छैनन् व्यवसाय बन्द गरेर हिडेका छन् । यिनै कारणले गर्दा होनेपालगन्जका सटरैपिच्छे त्यस्ता सूचना पढ्न पाइएको । यसले निजीक्षेत्रले कस्तो पीडा भोगिरहेको छ भन्ने कुरा घामझैं छर्लङ्ग हुन्छ । तर उद्योगी,व्यवसायी भन्छन्अवस्था यो हदसम्म आईपुग्दा समेत सरकारले हाम्रो कुरा सुनेको छैन ।’
यतिबेला कयौं प्रतिष्ठानहरु बन्द छन् । यसरी पसल बन्द गरेका उद्योगी,व्यवसायी सरकारबाट कुनै प्रकारको राहत मिल्छ की भन्ने झिनो आशा सहित सडक आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले रहेक महिना जस्तो उद्योगी,व्यवसायीलाई आन्दोलनमा उतारिरहेको संघका अध्यक्ष अब्दुल वािहद मन्सुरी बताउँछन् । उनी भन्छन्यो हाम्रो बाध्यता हो । हाम्रो माग पुरा नहुँदासम्म हामी सडक आन्दोलनमै रहन्छौं ।’
अहिले बैंकले ऋण प्रवाह गरेको छैन । त्यसैले लगानी थप्न सकिएको छैन भने व्यापार घट्दै गएको छ । व्यवसायीले घरभाडा तिरिरहेकै छन् भने बैंकले ब्याजको ताकेता नगरेको दिन छैन । यति पीडा खेप्नु भन्दा कति व्यापारीले व्यवहार सल्टाएर त कतिले नसल्टाएरै पसल बन्द गरिरहेका छन् ।
बन्द सटरभित्र कैद भएका पसलहरुको भाडा पुरै तिर्नुपर्ने तर आम्दानी सून्य भएपछि पसल बेच्न आत्तिएका धेरै छन् । तर, यो संकटमा किन्ने ग्राहक पाउनु कहाँ सजिलो छ र ?
चलनचल्तीको भन्दा निकै सस्तो मूल्यमा पसल तथा रेष्टुरेन्ट बिक्री गर्न खोज्दा पनि ग्राहक भेट्याउन कठिन छ । अहिले पसल किन्ने ग्राहक भेट्याउनु भनेको साक्षत भगवान फेला पार्नु सरह हो ।
पसल अगाडि मात्र होइन, चोक, गल्ली, सार्वजनिक स्थल, पार्क, सडकका खम्बामा पनि पसल तथा रेष्टुरेन्ट बिक्रीमा राखेको विज्ञापन देखिन्छ । सानो पसलको दैनिक ब्यापारले घरभाडा, बालबच्चाको शिक्षा र हातमुख जोड्न मुस्किलले खर्च जुटाइरहेकाहरु यतिबेला आना पसल र साना रेष्टुरेण्टहरु बिक्रिमा’ राखेका छन, तर, बन्द सटरभित्र कैद यी पसलहरु किन्ने ग्राहकको भने नामनिसाना छैन् ।
घरभाडा तिरितिरी व्यापार नै नहुने पसल खोल्नुभन्दा उनीहरु घरतिरै बस्न चाहिरहेका छन् । रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक गतिबिधिका मेरुदण्डका रुपमा रहेका खुा ब्यापारी तथा रेष्टुँराहरु यसरी पलायन हुने अबस्थामा पुग्दा पनि ब्यबसायलाई सहयोग गर्छु भन्ने सरकारी नीतिको लाभ यी ब्यबसायीसम्म पुग्न नसकेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् ।
स्टार्टअप र कम लगानीका रोजगारीमूलक ब्यबसायलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यबिधिसमेत बन्न सकेको छैन् । यस्तो अबस्थामा रिटेल बिजनेस धानिरहेका पसल सञ्चालकहरु पलायनको पीडामा पुगेका छन् ।
गोदाम र पसलमा लाखौंको सामान स्टक छ, तर मेरो कारोवार दिनको १५ हजारसम्म ओरोलो झर्न लाग्यो । माग कतैबाट छैन ।’घरबारीटोलका एकजना कपडाका होलसेलर’ले गुनासो गर्दै चिन्ता पोख्दै थिए,रातभर निा लाग्दैन, तनाव नै तनाव छ ।’
लाखौंको कारोवार गर्ने घरवारीटोलका होलसेर हुन चाहे अन्य साना ब्यापारी । अहिले सबैतिरको व्यापारमा सन्नाटा छ । साना व्यवसायीको पिडा छपहिला दैनिक १० हजारसम्म कारोवार हुन्थ्यो अहिले आधा कम छ । ’ कोभिड१९ र त्यपछि उब्जिएको आर्थिक संकटले यसरी नेपालगन्ज मात्र होइन बिश्वभरको अर्थतन्त्र धरासायी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरी बताउँछन् ।
उनी भन्छनकारोवार र कतैबाट पनि आर्थिक सहयोग नभएपछि अहिले पसलहरु बिक्री गर्ने बढेका छन् । तर के गर्नु किन्ने कोही छैनन् ।’ सामाजिक सन्जालमा पसल विक्रीको सूचनाहरु थुप्रै देख्न पाइन्छ । अध्यक्ष मन्सुरी भन्छनलगानी नगरिरहेको बैंकले चर्को ब्याजदर सहित ऋण तिर्न ताकेता गरिरहन्छन् अर्को तर्फ अत्याधिक महङ्गो घरभाडा । व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नु भन्दा पसल नै विक्री गर्नेहरु धेरै छन् ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामी सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत नदिएको बताउँछन् । जसका कारण नयाँ लगानीकर्ता बजारमा आउन सकेका छैनन् भने भएकै पनि बिस्तापित भइरहेका छन् ।
उनी भन्छन-नेपालगन्जको बजार पहिल्यैदेखि नै भारतीय बजारबाट धेरै प्रभावित छ । यस्तो बेला व्यवसायीले झेल्नुपरेको आर्थिक संकट त थामिनसक्नुभयो ।’ ओलीले यस्तो बेला व्यवसायीलाई राहात दिनुको सटट राज्यका बिभिन्न निकायले निरुत्साहित पार्ने काम गरिरहेको बताउँछन् ।