नेपालगन्ज -प्राइम कमर्सियल बैंक नेपालगन्ज शाखाले शुक्रबार नेपाल प्रहरीको क्षेत्रीय अस्पताललाई ‘ओभरबेड टेवल’हस्तान्तरण गरेकाे छ ।
नेपालगन्जस्थित उक्त अस्पताललाई पन्ध्र वटा ‘ओभरबेड टेवल’ प्रदान गरिएको हाे । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरिएको सामाग्रीले अस्पतालकाे सेवा प्रभावकारी बनाउने बिश्वास गरिएको छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक कृष्णप्रसाद चौलागाईं,बैंकका कर्मचारी ज्याेतिका शर्मा,प्रकाशचन्द्र मिश्र,प्रहरी कर्मचारीको सहभागिता थियाे ।