प्राइम बैंक नेपालगन्ज शाखाद्वारा प्रहरी अस्पताललाई ‘ओभरबेड टेवल’ हस्तान्तरण


नेपालगन्ज -प्राइम कमर्सियल बैंक नेपालगन्ज शाखाले शुक्रबार नेपाल प्रहरीको क्षेत्रीय अस्पताललाई ‘ओभरबेड टेवल’हस्तान्तरण गरेकाे छ ।

नेपालगन्जस्थित उक्त अस्पताललाई पन्ध्र वटा ‘ओभरबेड टेवल’ प्रदान गरिएको हाे । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरिएको सामाग्रीले अस्पतालकाे सेवा प्रभावकारी बनाउने बिश्वास गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक कृष्णप्रसाद चौलागाईं,बैंकका कर्मचारी ज्याेतिका शर्मा,प्रकाशचन्द्र मिश्र,प्रहरी कर्मचारीको सहभागिता थियाे ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७९, शुक्रबार १७:००  |