बेष्टर्न अस्पतालकाे स्तरोन्नति, थपियाे ‘लेभल ३ आइसियु’


नेपालगन्ज – बेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ ।

विगत १९ वर्षदेखि नेपालगन्जमा संचालन हुँदै आएको वेष्टन अस्पतालले सिकिस्त विरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको हाे । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा किटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताए । यस्तो सुविधा भएको आइसियु संचालन गर्ने वेष्टन अस्पताल काठमान्डौ उपत्यका बाहिरको पहिलो निजी अस्पताल भएको उनको भनाइ छ ।

आइसियुमा भर्ना हुने विरामीमा हुने बिरामीको स्वास्थ्य सूचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओ को प्रोटोकल अनुसार विरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको छ । आइसियुमा अर्न्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु कार्यरत छन ।

यस अस्पतालले क्वालिटी अफ नर्सिङ र आइसियु मै २४ घन्टा कन्सलटेन्ट चिकित्सकको व्यवस्था गरेर गुणस्तरिय उपचार सेवालाई विशेष फोकस गरेको छ । त्यसै गरी उपचार सेवालाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्रान्डी जस्ता सुविधा सम्म अस्पतालको आइसियु विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नसिङ स्टाफहरुसंग सहकार्य गर्दै आइ रहेको छ ।

यसका साथै आइसियु मै डाइलासिस सुविधा छ । ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन । वेष्टन अस्पतालले आजै देखि ६ बेडको एचडियु सेवा पनि सुरु हुदै छ । केहि दिन मै ६ बेडको एनआइसियु संचालन गर्ने तयारी गरि रहेको छ । बेष्टन अस्पतालमा ९ बेडको अप्रेशन थेयटर छ । आइसियु लगायतका सुविधाहरु बढाउनका लागि करिव ५ करोडको लागतमा उपकरण र पुर्वाधारहरु थप गरिएको छ ।

अस्पतालको किटिकल केयर विभागमा डा पारस पान्डे मेडिसिन विभागमा कन्सल्टेन्ट फिडिसियन डा मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत रहेकाे डा थापाले बताए ।

एक सय बेडको क्षमताको बेष्टन अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल संजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविश्य मै बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा संचालनको तयारी गरि रहेको छ ।

 

प्रकाशित मितिः     २१ फाल्गुन २०७९, आईतवार १७:१६  |