पर्यटकीय गतिबिधिसंगै होटलको ब्यापार बढ्ने आशा


नेपालगन्ज-नेपालगन्जमा तिस बर्ष अघि भेरी र स्नेह  होटल स्थापना गरिएको थियो । साधारण होटलमा तारेको सरह सुविधा दिएर ती  होटलले उपभोक्तालाई तान्ने प्रयास गरेका थिए ।तारेको मान्यता पाइसकेका यहाँका होटलका लागि साधारण होटलले दिएको चुनौती   स्थिर  ढंगले चलेको ब्यवसायमा नयाँ  छाल ल्याउने देखिएको छ ।
आफनो सामू देखिएको ब्यवसायीक  चुनौतीको समाना गर्न केहीले भौतिक पूर्वाधार निर्माण गर्न थालेका छन्। बाँकेका झण्डै एक दर्जन तारे होटल अर्बौ लगानीमा खुलेका छन् ।
सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिका  निर्देशक केशव न्यौपानेले व्यवसाय धराशयी हुने स्थितिमा पुगेको होटेल ब्यवसाय अहिले तग्रिदै गएको बताए । रुमहरु अपडेट गरिरहेको अबस्था छ । क्यासिनोले समेत ब्यवसाय फस्टाएको उनको अनुभव छ । थ्रि स्टार हुँदा  ५० वटारुम रहेको सिद्धार्थमा अहिले  १ सय १५ वटा रुम छन् । रुमहरु लक्जरी देखाउनुपर्यौ, त्यसैले रुमहरु अपडेट गरिरहेका छन्  । नेपाली फुडलाई प्रमोट गरिरहेको न्यौपानेले बताए ।
बातारणमैत्रीका लागि इलेक्ट्रोनिक  सवारी  ल्याउने तयारीमा गरिरहेका छन् । क्यासिनोका कारण भारतीय पर्यटक आउने क्रम थपिएको छ  ।
 सेन्ट्रल प्लाजासम्मका तारे होटलहरु क्षमता बिस्तार गर्दै सम्भाव्यता अध्ययन गर्न थालेका छन् ।  नेपालगन्जमा धमाधम स्तरीय होटल खुलिरहँदा कसरी चल्ने र स्थायित्व ग्रहण भन्नेबारे गम्भीर  नभएको होटल व्यवसायी  देवानन्द अर्यालले भने,  ‘प्रतिस्पर्धा गरौं तर व्यवसाय बढ्ने गरी ।’
नेपालगन्ज क्षेत्रका स्तरिय होटलहरु खुल्ने क्रमसंगै भएका होटेलहरु स्तरिययकरण  गर्न थालेका छन् । बजार प्रवद्र्धनका लागि  कार्यक्रम हुन थालेका छन् ।  नेपालगन्ज क्षेत्रमा झण्डै एक दर्जन स्तरीय होटल सञ्चालनमा छन् ।
होटल सोल्टीका  म्यानेजर  प्रबिन्द्र सिंहका अनुसार होटेल मार्चदेखि राम्रो फलोमा छ । गार्डेन ट्रनिङ्ग ,प्रडक्ट राम्रो सेवा बिस्तार गर्दै लगिएको छ ।  टु नाइट क्यासिनो लन्च डिनरको प्याकेज ल्याएको सोल्टीले  पाँच महिनासम्म सो सेवा दिने जनाएको छ ।
प्राय सरकारी तथा गैसरकारी संस्था करपोरेटका पाहुनाले भरिने सोल्टिले वातावरणमैत्री  सेवा प्रदान गरिरहेको छ  । ‘प्रतिस्पर्धा  टप छ । यो प्रयासले यहाँका व्यवसायीहरु बीचको एकता र स्वस्थ प्रतिस्पर्धा गर्न बल पुग्छ’, उनले भने,(‘व्यवसायिक एकताबाट स्वस्थ प्रतिस्पर्धाको विकास गर्न खोजेका छौ। ’
अत्याधुनिक सुविधाका होटलहरु खुल्ने क्रममा नेपालगन्जमा झण्डै पौने अर्बको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आएको छ ।
पर्यटन प्रबद्धन मन्चको बाँकेको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले  होटेलको संख्यासंगै स्तरोन्नति हनु राम्रो कुरा भएको बताउँछन् ।
सिटि प्यालेस संख्या स्तरोन्नति गर्दै छन् । सिटिप्यालेस क्यासिनो स्विमिङ्ग    फोर  स्टार बन्दै छ । कल्पत्रु क्यासिनो निर्माण गरिएको छ । सेवा बिस्तार हुँदै छ । स्नेहामा नयाँ  भवन, कोठा थप्दै छ । बाँकेकमा आठवटा क्यासिनो संचालीत छन् । थप सन्चालनको क्रममा छन् । पछिल्लो समय पोखराको उडानले  थप पर्यटन गतिबिधि लाई बढाएको छ । नेपालगन्जमा तिन वटा बाल उद्यान छन् । होमस्टेले आर्कर्षण छ। कान्ति ताल ,वाटर पार्क गरी दुइ वटा पार्क छन् ।  बाँके राष्ट्रिय निकुन्जको पर्यटन गतिविधि बढेको छ । खाना परिकारको थप आर्कषण बढाएको छ । ‘नियमितत ५० वटा गाडि  क्यासिनोका कारण आउँछन् । यसरी आएका पर्यटकले होटेललाई मात्र फाइदा दिदैन्  पान पसलसम्मले फाइदा लिन्छन् । ’श्रेष्ठले  भने।
भारतीय पर्यटक लाई नेपालमा आउन भने सहज छैन् । पोखराबाट आउने पर्यटक बढ्दैछ । मार्टमा सपिङ गर्न नेपालगन्ज आउन थालेका छन् । बिशेष गरी दिल्ली ,लखनउ, कानपुर, मध्यप्रदेश उत्तराखण्ड का भारतीय घुम्न आउछन् ।
२०७२ साल देखि मानसरोबर ट्रान्जीन्ट  प्वाइन्ट भनेको नेपालगंन्जमा पर्यटकका कारण  भारतीय पैसा नेपाल भित्रिएको छन् ।
‘पर्यटनको हिसाबले मुलुमा समृद्धी ल्याउन सकिन्छ भनेर अझै राजनीतिक दललाइ बुझाउन सकिएको छैन् । ’पर्यटन प्रबद्धन मन्चको बाँकेको अध्यक्ष श्रेष्ठले भने,‘पर्यटन एउटा उद्योग हो राजनितीक दलले यो कुरा बुझनुपर्छ । मुख्य एजेण्डा बनाउनुपर्छ । ’ मानसरोवर मात्र नभएर नेपालगन्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउछन् ।
बँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् ।
जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।
त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् ।
त्यस्तै राझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ ।
व्यवसायीहरु नेपालगन्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।
पश्चिम नेपालकै पहिलो माउन्टेन फलाइटका रुपमा नेपालगन्ज–मानसरोवर उडान पनि भयो ।
पर्यटनमा पश्चिम नेपालको प्रवेशद्वारका रुपमा नेपालगन्जलाई स्थापित बनाउने पहल र प्रयास स्वरुप आयोजना हुन लागेको ‘वेष्टर्न ट्राभल मार्ट’ अन्तर्गतको दोस्रो संस्करणमा मानसरोवर ‘माउन्टेन फलाइट’को सुरुवात गरीयो ।
नाट्टा बँके च्याप्टरका अध्यक्षसमेत श्रीराम सिग्देलले माउन्टेन फलाइ  पर्यटन रुटका लागि पहिलो रेखा भएको बताउदै  त्यसपछि राजमार्ग बनाउने बताए ।
नाट्टा बाँके पहल र प्रयासमा यसअघि नेपालगन्ज–पोखरा यसरीनै सीता एअरसंग चार्टर फलाइट गरिएपछि बुद्ध, यती लगायतका कम्पनीले व्यवसायिक उडाको सुरुवात गरेका थिए  ।
।‘हामी आशावादी छौ, नेपालगन्ज–मानसरोवर माउन्टेन फलाइट हामीले चार्टरबाटै शुरुवात गर्दैछौं, क्रमशः व्यवसायिक उडानमा परिवर्तन हुनेछ,’ सिग्देलले भने, ‘एयरवेज कम्पनीले गर्नुपर्ने काम हाम्रो अग्रसरतामा गरिएको हो ।’
योजना अनुसारको ९० मिनट माउन्टेन फलााइटका क्रममा कैलाश मानसरोवरसंगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिने छ । कोभिड महामारीपछि कैलाश मानसरोवर प्रत्यक्ष दर्शनका लागि चिनले नाका बन्द गरेपछि हवाई दर्शको विकल्प निकै महत्वपूर्ण हुने विश्वास पर्यटन व्यवसायीको छ ।
‘यसलाई निरन्तरता दिन सकियो भने निकै ठुलो अवसर निर्माण हुनेमा बिश्वस्त छौं,’ हानका कोषाध्यक्ष डा। ओम मिश्रले उत्साहित हुदै भने, ‘यो महत्वपूर्ण पहल र प्रयासलाई राज्यका सरोकारवाला निकायले सकारात्मक रुपमा लिएर समन्वय गरिदिनुपर्छ ।’
यस्तै धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा महाआरती आयोजना गरिएको छ । शक्तिपीठका लागि निकै महत्त्वपूर्ण मानिने महाआरती बागेश्वरीमा पहिलो पटक आयोजना गरिएको हो ।
नाट्टा बाँके च्याप्टर नेपालगन्ज र वेष्टर्न ट्राभल मार्ट नेपालको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सहकार्यमा हरेक सोमबार महाआरती लाइ निरन्तरता दिइएको छ ।
नगरप्रमुख विष्टले बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार महाआरती गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताए । उनले महाआरतीलाई नियमित रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ,’ नगर प्रमुख प्रशान्त विष्टले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’
यस्तै उनले जुंगे महादेवसम्मको पुललाई पुनर्निर्माणका लागि टेण्डर भइसकेको जानकारी दिँदै बागेश्वरी परिसरको छेउमै रहेको गौशाला हनुमानगढी नजिक १ सय ८ फिटको हनुमान मूर्ति बनाउने काम छिट्टै सुरु हुने बताए ।
पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते महाआरती गरिएको थियो । बागेश्वरीलाई धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा लिँदै नाट्टा बँके च्याप्टरले पर्यटकीय आकर्षणका लागि महाआरतीको परिकल्पना गरेको बताइएको छ ।
प्रकाशित मितिः     २५ फाल्गुन २०७९, बिहीबार ११:५१  |