‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ शुभारम्भ


नेपालगन्ज -बिहीबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको रंगशालामा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ शुभारम्भ गरेका हुन् ।

विद्यालयका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहलगत्तै प्रतिष्पर्धात्मक खेल शुरु गरिएको इभेन्ट डाइरेक्टर महेश्वर जोशीले जानकारी दिए । उनका अनुसार, विद्यालयस्तररको खेलमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’मा १२ वटा विभिन्न खेलका लागि झण्डै ७ सय विद्यार्थी प्रतिष्पर्धा गरिहेका छन् ।

बिहिवार नेपालगन्ज रंगशालामा दौड र फुटबल, कभर्ड हलमा ब्याडमिन्टन तथा परसपुर मैदानमा क्रिकेट खेलाइएको जानकारी दिंदै इभेन्ट डाइरेक्टर जोशीले आदर्शमा रहेका प्लस २ तिरका १२ सयबढी विद्यार्थीलाई खेलकुदसँग जोड्न यसखालको इभेन्ट परिकल्पना गरिएको हो । ‘यो नेपालगन्जका लागि विद्यालयस्तरमा इतिहासकै मौलिक र महत्वको आयोजना हो,’ जोशीको दावी छ ।

भलिबल, कबड्डी, घैंटो फुटाई , स्पेलिङ्ग कन्टेस्ट, चेस, म्यूजिकल चेयर, स्कोलास्टिक कम्पिटिसन र र्याप / हिपहप कम्पिटिसन आदर्श परिसर हुने जानकारी दिंदै इभेन्ट डाइरेक्टर जोशीले तीन दिनसम्म सञ्चालन हुने ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ले विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित नराखेर अतिरिक्त क्रियाकलापमा समेत आकर्षित गर्ने विश्वास विद्यालयले राखेको बताए ।

प्रकाशित मितिः     २६ फाल्गुन २०७९, शुक्रबार ०८:१२  |