जानकी: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो १४ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको छ ।
बाँकेको जानकी गाउँपालिका मा विद्यालय रहेपनि उपमहानगरपालिकाका कुनै पनि विद्यालयमा भन्दा शिक्षा कम नरहेको पालिका प्रमुख छब्बन खानले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पालिका प्रमुख खानले नेपालगन्ज उपमहानगरपालिकाको छेउमा रहेको विद्यालयमा शिक्षाको गुणस्तर जिल्लामै उत्कृष्ट भएको बताउनुभयो । हाल कक्षा ९ सम्म रहेको विद्यालय यसैवर्षबाट १० कक्षा र कक्षा ११ र १२ को पनि सम्बन्धन दिने प्रमुखले बताउनुभयो । विद्यालयलाई जुनसुकै सहयोग गर्नपनि पालिका पछि नहट्ने उहाँले बताउनुभयो ।
वार्षिकोत्सबको अवसर पारेर विद्यालयमा खेलाइएको विभिन्न खेलहरुमा प्रथम, द्वितीय र तृतीय आउने विद्यार्थीहरुलाई उक्त वार्षिकोत्सब कार्यक्रममा पुरस्कार वितरण तथा प्रमाणपत्र उपलब्ध गराइएको थियोे । विद्यार्थीहरुले बनाएका विभिन्न हस्तकला, चित्रकलाहरुको पनि विधि प्रदर्शनी गरिएको थियोे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए । विद्यालयले जेष्ठ नागरिक जानिक राम शर्मालाई सम्मान पनि गरेको छ ।
विद्यालयका भाइस प्रिन्सिपल महेन्द्र सेढाईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उक्त विद्यालयका व्यवस्थापन समितिका सदस्य तेज बहादुर थापाले गर्नुभएको थियोे भने प्रमुख अतिथिमा जानकी गाउँपालिका प्रमुख छब्बन खान, विशिष्ट अतिथिमा जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, जानकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टीकानाथ यादव, अतिथिमा विद्यालयकी संस्थापक अध्यक्ष प्रभादेेवी मिश्र लगायतका अतिथिहरु रहनु भएको थियोे ।
उक्त विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दामोदर घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले विद्यालयलाई कोरोनाको महामारीको समयमा पनि स्थानीय अभिभावकहरुको सहयोग मिलेको बताउदै नयाँ शैक्षिक सत्रदेखि साना कक्षाका लागि छुट्टै अत्याधुनिक भवनमा पठनपाठन गराइने र यसैवर्ष देखि १० कक्षा पनि सञ्चालन गरिने बताउनुभयो ।
उहाँले जानकी गाउँपालिका प्रमुख लगायत सबैलाई विशेष अाभार व्यक्त गर्नुभएको थियोे ।
विद्यालयका प्रिन्सिपल मन बहादुर केसीले आफ्नो विद्यालयले जिल्लामामै उत्कृष्ट नतिजा दिन सक्नेगरी आफुहरु लागि परेको बताउनुभयो । विद्यार्थी सङ्ख्या बढ्दो भएको हुदा नयाँ शैक्षिकसत्रदेखि आफ्नै छुट्टाछुट्टै भवनमा प्रि प्राइमरी र प्राइमरी, मा.वि. अलगअलग भवन बनाएर पठनपाठन दिनेगरी काम गरिरहेको बताउनुभयो ।