नेपालगन्जबाट ‘एभिएसन म्युजियम’ महेन्द्रनगर फिर्ता


बाँके ६ चैत – गुड्ने प्लेन ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर क्याप्टेन वेद उप्रेतीको सपनाका रुपमा रहेको ‘एभिएसन म्युजियम’ मा प्लेन राखिएको छ । नउडे पनि चढेर हेर्न सकिने यो प्लेनप्रति सर्बसाधारणको आर्कषण भएको
पाइन्छ ।

तर म्युजियम राख्ने ठाउँ नपाउँदा ट्रकमा गुडाउँदै गुडाउँदै पहिले धनगढी देखि नेपालगन्ज ल्याइयो । नेपालगन्ज ल्याएको छोटो समयमै फेरी अहिले महेन्द्रनगर पुर्याइएको छ । हवाई जहाजको संग्रहालय मार्फत नेपालमा पर्यटन प्रर्बद्धनको सपना देखेका क्याप्टेन बेद उप्रेती त्यसलाई स्थापित गर्न संर्घषरत
छन् । ठाउँ नपाएकै कारण प्लेन कहिले कता त कहिले कता गर्दा पैसा त खर्च भइरहेको छ साथै दुख पनि पाइरहेका छन् ।

‘तर पनि म संघर्षरत छु, अहिले महेन्द्रनगरका जनतासम्म पुगेको छ ।’– उप्रेतीले भने । नेपालगन्जबाट लगिएको उक्त प्लेन कञ्चनपुरको भीमदत्तनगरपालिका– ३ भाँसीमा शनिवारदेखिसञ्चालनमा आएको छ । उप्रेतीले काठमाण्डौंबाट
ल्याएको कस्मिक एयरको फोकर १०० विमानलाई एभियसन म्युजियम बनाएका हुन ।

करिब सात कठ्ठा जग्गामा फैलिएको म्युजियम सञ्चालनका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उप्रेतीले बताए । ‘यही कञ्चनपुरमा म हुर्किए । यहीको सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सीको पढाई पुरा गरे,’ उनले भने, ‘त्यही भावनात्मक सम्बन्धका कारण मुनाफा भन्दा पनि कञ्चनपुरको पर्यटनको विकासका लागि म्युजियम स्थापना गरेको हु ।’

क्याप्टेन उप्रेतीले एभियसन म्युजियमलाई आकर्षणको केन्द्र बनाउन भारतबाट दुई वटा ऊट पनि ल्याउन लागिएको सुनाए । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीप्रति
आभार व्यक्त गरे । उनले एभियसन म्युजियमको सञ्चालनले कञ्चनपुरको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपालगन्जका तत्कालिन मेयर धवल शमसेर राणा सकारात्मक भएपछि वडा नम्बर १२ मा म्युजियम राखिएको थियो । तर अहिले असहमझारी बढेपछि म्युजियम महेन्द्रनगर
लगिएको छ । नेपालगन्जमा म्युजियम ल्याउन प्रयत्न गरेका तेजबिक्रम शाह भन्छन्–‘यसले पर्यटन प्रर्बद्धन गर्न सहयोग गथ्र्यो तर खै कसको कारणले हो फिर्ता हुँदा दुख लाग्यो । हामीले यही राख्न सक्नुपथ्र्यो ।’

 

प्रकाशित मितिः     ६ चैत्र २०७९, सोमबार ०९:३३  |