देश जटिल आर्थिक मन्दीमा फसिरहेको कुरा हामी सवैलाई अवगतने छ । पछिल्लो समयमा सामाजिक संजालमा देशमा आएको नार्थिक मन्दी र त्यसले समग्र क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्दै आआफ्ना भावना र चिन्ता प्रकट गरेको देखिन्छ प्राय जसो को भनाईमा एकरुपता के मा देखिन्छ भने यो सबै हुनुमा चर्को व्याजदर, बैंकहरुको एकाधिकार र सरकारको व्यवसायी मैत्री निती नहुनु नै हो भन्ने ठहर । खोज्दै जादा यो बाहेक अरु कारणहरु पनी भेटन सकिन्छ तसर्थ यी देखिएका समस्याहरुलाई सम्बन्धित निकायले ध्यान पुयाउन जरुरि छ। समयमै निकास प्रदान गरोस र बैंक तथा वित्तिय संस्थाहरुका कारण व्यवसाय बाट व्यवसायीहरु पलायन हुने कारक नबनोस ।
पछिल्लो समय नेपालगन्जको व्यापार, व्यवसाय का बारेमा हेर्दा धेरै व्यवसायीले व्यवसायबाट हात धोएको र धुने स्थितीमा छन् ठाउँठाउँमा व्यवसायीले व्यवसाय छाडेपछी खाली सटरमा ताला लागेका दृश्यहरु पनि देख्न सकिन्छ भने कतिपय व्यवसायीले घरभाडा तिर्न नसकेर आफ्ना सामानहरु अन्यत्र व्यवस्थापन गर्ने तरखरमा छन् । परिवार लाई सुखसुविधा र बालबच्चालाई राम्रो शिक्षाको लागी साहुको ऋण र बैंकको चर्को व्याज सहित व्यवसाय गर्न सहर पसेका व्यापारी छोटो समयमा नै विचल्ली हुने अवस्थामा पुगेको स्थिती छ। ठूली उत्साह र अपेक्षाका साथ व्यापार व्यवसायमा लागेका व्यक्तिहरु हेर्दा हेर्दै लगाएको लगानी त डुव्यो डुव्यो त्यसको साथमा साहुको अगाडी बेईमानीको विल्ला भिरी विदेश पलायन हुने स्थितीमा छन् ।
एकातिर व्यवसायीको अवस्था यस्तो छ भने व्यवसायीको हकहितका लागी खडाभएका संघसंस्थाका नेतृत्वहरु मौन रही राज्यको गलत अर्थनितीको मतियार बन्दै साना र मध्यमवर्गका व्यवसायीहरुका हितमा आवाज उठाउन चाहादैनन । परिस्थिती यस्तो विषम छकी यसबाट पार पाउने कसरी होला सबै व्यवसायी अन्योलमा छन् भने अर्कोतिर व्यवसायीका घरधनी हरु अहिले पनी आफ्नो घरको चर्को भाडा उठाईरहेका छन् । उनीहरुको यो व्यबहारले गर्दा अहिले भाडामा गईरहेको अवस्था नभई सटरै खालीहुने स्थिती आउने प्रबल संभावना देखिएको छ ।
यस अवस्थामा व्यापारी व्यवसायी हरुलाई टिकाई राख्नका लागी घरधनी हरुले पनि जिम्बेवार हुदै विगतको कोभिडको समयमा देखाएको उदारता आम व्यवसायीहरुले विर्सेका छैनन् तसर्व अहिलेको विषम परिस्थितीमा पनी घरधनीहरुले घरभाडामा राहत दिनुपर्ने देखिएको छ । व्यापारीहरु रहे न घर भाडामा जाने हो व्यवसायीहरु पलायन भए भने यो मार स्वयं घरधनी हरुमा पनी पर्ने देखिन्छ । त्यसैले हाम्रो अनुरोध छ ।
१. नियमित बढाउदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन । २. खालि भएका सटर वा गोदाम लाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुन बाट रोक्ने ।
३. हाल लिईरहेको भाडा लाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदा सम्म जती सकिन्छ भाडादरमा छुट
उपलब्ध गराउने । यस विषम परिस्थितीमा नेपालगन्ज को व्यवसाय लाई टिकाई राख्न स्थानिय सरकारले लिने गरेको व्यवसायीक करमा छुट दिन र घरभाडा छुट दिने घरधनीको घरबहाल कर मिनाह गरिदिन पनी अनुरोध गर्दछौ
व्यवसायीहरुले नियमित तिर्दे आएका नविकरण शुल्कहरु जस्तै नगरपालिका, वाणिज्य कार्यालय, घरेलु औषधी व्यवस्था कार्यालय अन्तशुल्क कार्यालय, उद्योग वाणिज्य संघ लगायत मातहतका कार्यालयहरुले नविकरण तथा जरिवाना मिनाहा गरिदिनु पनी जोडदार माग गर्दछौं साथै आयकरमा छुट का लागी संघिय सरकार संग पनी माग गर्दछौ । आयकर भनेको कमाईमा तिर्ने हो अहिले व्यवसायीले बैंकको व्याज तिर्न सकेका छैनौ, साहुको साँवा तिर्न सकेका छैनी व्यापार
मन्दीले गर्दा व्यवसायी को गोदाम का सामाग्री समेत म्याद गुज्रिने अवस्थामा पुग्दैछन् र व्यवसायी को साँवा ने दुब्ने खतरामा छ तथापि यस्तै अवस्था रहे अवस्य नै डुब्छ । त्यसैले आयकर कसरि तिर्ने सोचनिय विषय बनेको छ तसर्थ आयकरमा छुट दिनुपर्छ भन्ने सरकार सग जोडदार माग गर्दछौ। अन्तमा यस विषम परिस्थिती को निकास निकाल्न का लागी समस्त नेपालगन्ज लगायत देशभरका व्यवसायीहरु संयमित भई कत्तिपनी विचलित नभई एकतावद्धता का साथ यो अभियानमा जोडिनुहुन अनुरोध गर्दै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार लगायत सम्बन्धीत सरोकार वाला निकायहरुलाई पनी यो विषयमा गम्भिरतापूर्वक लिई दिनु हुन र व्यवसायबाट व्यसायीहरुलाई पलायन
हुनबाट बचाउन हार्दिक अनुरोध गर्दछौ ।
(नेपाल उद्योग व्यवसायी महासंघ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र सचिव भरत रानाभाटद्वारा सार्बजनिक बिज्ञप्ति )