तक्षशिलाले अभिभावकसँग छलफल गर्याे,पठनपाठन अझ उत्कृष्ट बनाउने


नेपालगन्ज – तक्षशिला एकेडमी कोहलपुर बाँकेको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र२०८०को शैक्षिक योजना प्रस्तुत गर्नु भएको थियो। सो अवसरमा शैक्षिक सल्लाहकार खोपिराम वली, सञ्चालक मन्जु कोइरालाले विद्यालय गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा प्रयासरत रहेको बताए ।

अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकता अनुसारको शैक्षिक वातावरण निर्माणको अभियानमा आफूहरू रहेको बताए ।साहित्यकार, सम्पर्क तथा समन्वय सल्लाहकार पुष्कर रिजालले तक्षशिला पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक र सिंगो समाज सक्रिय देखिनु सकारात्मक रहेको बताए । उनले आजको दिनमा अभिभावकीय भूमिका बोर्डिंगमा भर्ना गरेर मात्रै पूरा नहुने घरमा पनि समय दिनुपर्नेमा जोड दिए। निकै

उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकहरुल्रे विद्यालयको शैक्षिक गुणस्तर विकासमा आफुहरुको सदैव साथ सहयोग रहने जनाउनु भएको थियो। विद्यालयको भावी योजनामा अभिभावकहरुको रुचिपुर्ण सुझाव र ऐक्यबद्धतालेआफूहरू निकै उत्साहित रहेको अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले बताए।

प्रकाशित मितिः     २५ चैत्र २०७९, शनिबार २१:११  |