नेपालगन्ज – बैंकर्स संघको निर्णयले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको खबर नेपालखबर डटकमले प्रकाशित गरेकाे छ ।
बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ।
त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ।
बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।
अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ। यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।