उपकारकाे फुलटेक्रा शाखाद्वारा झन्डै ११ कराेड लगानी, उत्कृष्ट सदस्य सम्मानित


नेपालगन्ज- उपकार लघु बित्त बित्तीय संस्था लिमिटेडकाे नेपालगन्ज-६ स्थित फुल्टेक्रा शाखाले हालसम्म रु १० कराेड ८२ लाख लगानी गरेकाे छ । एक हजार ४ सय ७३ जनालाई उक्त रकम लगानी गरिएको शाखा प्रमुख गीता तिवारीले जानकारी दिइन । नेपालगन्ज उपमहानगरपालिका,डुडुवा र जानकी गाउँपालिका कार्यक्षेत्र रहेकाेमा ऋण लिएकाहरु व्यवसायी बनेकाे तिवारीले बताइन ।


बुधवार उक्त शाखाले केन्द्र प्रमुख गाेष्ठि तथा बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम प्रस्तुत प्रतिबेदन अनुसार,फुलटेक्रा शाखामा दुई हजार ७ सय ७७ जना महिला आबद्ध छन् । यी सदस्यबाट ८ कराेड ९० लाख बचत भएको छ । शाखाका अनुसार ऋण लग्नेहरुले पशुपालन,कृषि,पसल जस्ता व्यवसायमा राम्रो काम गरिरहेका छन् ।

यसरी राम्रो काम गर्नेलाई कार्यक्रम सम्मान गरिएको छ । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ताका रुपमा सिनतावती भुजुवा,उत्कृष्ट केन्द्रका रूपमा गुलाव उपकार केन्द्र,बकौली उपकार केन्द्र,नयाँ बस्ती उपकार केन्द्र,उत्कृष्ट व्यवसायीक सदस्यमा नुरजहा दर्जी,मिना पुन, सावित्रा गडरियालाई सम्मान गरियाे । सम्मानित सिनतावती भुजुवाले ऋणलाई सहि सदुपयोग गर्दा व्यवसायमा फस्टाउन सकिएको बताइन ।

कार्यक्रमको बोल्दै नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले महिलाहरुको आर्थिकरुपले सम्पन्न बनाउनका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेकाे बताए । संस्थाकाे बरिस्ठ अधिकृत लक्ष्मी केसीले ग्रामीणक्षेत्रका महिलाकाे आर्थिक सशक्तीकरणका लागि उपकार लघु बित्तले महत्त्वपूर्ण भुमिका खेल्दै आएको उल्लेख गरिन । ऋण अधिकृत हरि केसीले महिलाहरुले ऋण लिएर राम्रो व्यवसाय गरिरहेकाे बताए ।

प्रकाशित मितिः     २९ चैत्र २०७९, बुधबार १९:२७  |