हिरमिनिया पछि राप्तीसाेनारीमा एमालेको स्वास्थ्य शिविर,स्थानीयकाे उल्लेख्य सहभागिता


नेपालगन्ज – नेकपा एमाले बाँकेले संगठन सृदृडिकरण र राजनीतिक कार्यक्रम लिएर गाउँ -गाउँ पुगेकाे छ । उसकाे अभियानबाट आमनागरिकले पनि लाभ लिइरहेका छन् । एमालेले जनताका समस्या बुझेर समाधानकाे पहल पनि गरिरहेकाे अध्यक्ष किस्मत कक्षपतिले बताए ।

यसै अन्तरगत हिरमिनियामा केही दिन पहिले छालाराेग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरियो । एमालेको स्वास्थ शिविरमा पुगेका स्थानियले निशुल्क स्वास्थ्य परिक्षण र औसधि पाए ।

शनिवार राप्तीसोनारी गाउपालिका बैजापुर -४ मा महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङको निशुल्क स्वास्थ शिविर आयोजना गरिएको अध्यक्ष कक्षपतिले बताए ।

केन्द्रीय सदस्य तथा प्रतिनिधसभा सदस्य सुर्य ढकाल, केन्द्रीय सदस्य काेमल ओली लगायतका नेताहरूको उपस्थितिमा शिविर सन्चालन गरिहाे । क्यान्सर रोग विशेषज्ञ डा ईन्द्रनिल घोष , डा साजन थापा, डा कृस्टिना नामुक श्रेष्ठ लगायतकाे टिमले स्वास्थ्य उपचार गरिरहेकाे छ ।

प्रकाशित मितिः     २ बैशाख २०८०, शनिबार १४:३३  |