नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीलाई मंगलवार नेपालगन्जमा बधाई ज्ञापन र स्वागत गरेकाे छ । काठमाडौंमा सम्पन्न महासंघकाे निर्वाचन सम्पन्न भएपछि मन्सुरी नेपाल फर्किएका हुन ।
नेपालगन्जमा बधाई तथा स्वागत ग्रहण गर्दै मन्सुरीले जिल्लाका आर्थिक मुद्दा केन्द्रमा उठाउने बताए । नेपालगन्जसंग सम्बन्धित कयौं मुद्दा केन्द्रिय सरकारले सुनुवाइ नगर्ने प्रबृत्ती देखिएको भन्दै मन्सुरी आफुले सरकारकाे कानसम्म कुरा पुर्याउने जनाए ।
संघका बरिष्ठ सदस्य वसन्त लामिछानेकाे अध्यक्षतामा भएको स्वागत कार्यक्रममा पुर्ब अध्यक्ष कृष्णप्रशाद श्रेष्ठ,नन्दलाल बैश्य लगायतकाे सहभागीता थियाे । सन्चालन महासचिव चिरञ्जीवी ओलीले गरेका थिए ।