सडकमा अबैध पार्किङ गर्नेले धम्क्याएपछि १४ जना व्यवसायीले मागे सुरक्षा


नेपालगन्ज – नेपालगन्ज सुर्खेतराेडस्थित नेपाल बायुसेवा निगमकाे अगाडि सटर भाडामा लिएका बसेका व्यवसायीहरु ठिक सामुन्नेकाे सडकमै अनाधिकृतरुपले पार्किङ भइरहेका सवारीचालकबाट हैरान भएका छन् ।

व्यवसाय संचालन भइरहेका सटर पुरै ढाक्ने गरि निजी गाडी पार्किङ गर्दै आएका सवारीचालकलाई सम्झाइबुझाइ गर्दा उल्टाे गालीगलौज र धम्कि खेप्नुपरेपछि व्यवसायीले नेपालगन्ज उपमहानगरपालिकामा उजुरी दिएका छन् ।

सडककाे आधा भाग ढाकेर सवारीचालकहरुले एकातिर दुर्घटनाको जाेखिम बढाएका त छन् नै अर्कोतर्फ महँगो शुल्क तिर्ने गरि सटरभाडामा लिएर काराेवार गरिरहेकाहरुको काराेवार प्रभावित बनाएका छन् ।

सवारीचालकका कारण वाक्कदिक्क भएका व्यवसायीले सवारीचालकलाई नसम्झाएका पनि होइनन् । सम्झाउदा ज्यानमार्नेसम्मकाे धम्कि आएपछि व्यवसायीले यसरी उपमहानगरपालिका गुहारेका हुन :-

प्रकाशित मितिः     ७ बैशाख २०८०, बिहीबार १६:१४  |