नेपालगन्ज नाकाबाट ४ करोडको टमाटर आयात,गाउँको खेतमै कुहियो


नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म रु ४ करोड ५३ लाख ३४ हजार ९ सय मूल्य बराबरको २५ सय ५६ मेट्रिक टन टमाटर आयात भएको छ । यो त बैध तरिकाले आयात भएको लेखाजोखा मात्रै हो। बिभिन्न चोरी नाका हुँदै नेपालगन्जमा टमाटर कति भित्रिन्छ कति ! त्यसको कुनै हिसावकिताव हुँदैन । यसरी भारतबाट बैध र अबैध तरिकाले टमाटर आयात हुँदा बाँकेमै उत्पादन भएका टमाटर विक्री नभएपछि किसानले खेतमै गाड्न बाध्य छन् ।

नेपालगन्ज -बारीमा लगाएको टमाटर लटरम्म फलेर बोटमै पाक्न लागिसके । तर किन्न आउनेकोही पनि भएनन् । बजार लगेर बेच्न खोजियो तर त्यहाँ पनि कसैले किनिदिएनन् । टमाटर बेचेर आम्दानीको हरहिसाव गर्दै बसेका बाँकेको
खजुरा–२ सितापुर ‘ए’ गाउँका अगुवा किसान लाल बहादुर खत्रीलाई यसपटक निकै आपत प¥यो । केही गरे पनि दुख गरेर फलाएको टमाटर बेच्न नकसेपछि उनले दुई सय ‘क्यारेट’ टमाटर मलखादमा खन्याएका छन् ।

‘ प्रति केजि १० रुपैयामा लैजाउ भन्दा पनि किन्न कोही आएन । यतिका टमाटर कहाँ लगेर राख्नु ! अति भएपछि बरु मल नै होला भनेर मलखातमा फालिदिए ।’– कृषि विकास बैंकको जागिर जीवनपछि कृषिक्षेत्रमा लाग्दै आएका खत्रीले
दुखेसो गर्दै भने । यतिबेला नेपालगन्जमा पाँच किलो टमाटरको रु एक सय छ । अहिले सिजन नै भएपनि अघिल्ला वर्षमा टमाटरको मुल्य यसरी कम नभएको अत्रीले
बताए ।

उनका अनुसार, स्थानीय प्रशासनको उदासिनताका कारण भारतबाट बजारले माग नै नगरेको टमाटर आइदिंदा नेपाली किसानको उत्पादनले बजार पाउन नसकेको हो
। ‘कम्तीमा स्थानीय प्रशासनले अभावका बेला खुकुलो गरेपनि स्थानीय उत्पादन नै पर्याप्त भएका बेला नियमन गर्न सक्नुपथ्र्यो’, अगुवा किसान खत्रीले भने, ‘टमाटरको बेला मात्रै होइन हरेक उत्पादनमा हामीलाई यसरी नै निरुत्साहित
गर्ने गरिन्छ, लागत पनि नउठेपछि किसान कसरी उत्पादनमा अग्रसर होलान् ?’

बाँकेका कृषकको मुख्य बजार नेपालगन्ज हो । यहाँका तरकारी व्यापारीले सिन्डीकेट चलाएका छन् । उनीहरुले सस्तो कहाँ पाईन्छ भन्ने आधारमा तरकारी खरिद गर्दै आएका छन् । नेपालमा भन्दा सस्तो भारतमा पाइने अबस्थामा उनीहरुले उतैबाट आयात गर्छन । त्यतिबेला नेपाली उत्पादक कृषकहरु मर्कामा पर्दै आएका छन् । तर व्यापारीहरु बाँकेमा सिजनमा धेरै उत्पादन भएका कारण मुल्य कम भएको
बताउँछन् । माग भन्दा उत्पादन धेरै भएका कारण कृषक मर्कामा परेको उनीहरु स्वीकार गर्छन ।

तर नेपालगन्ज भन्सारको तथ्यांकले भने नेपालगन्जका तरकारी व्यापारीहरुले मनग्य मात्रामा भारतबाट टमाटर लगायतका तरकारी आयात गर्दै आएको खुलेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म रु ४ करोड ५३ लाख ३४ हजार ९ सय मूल्य बराबरको २५ सय ५६ मेट्रिक टन टमाटर आयात भएको छ । बैशाखको पहिलो साता भित्र मात्रै रु रु ७ लाख ९१ हजार मुल्य बराबरको ४५ हजार किलो टमाटर आयात भएकोे छ र यो त बैध तरिकाले आयात भएको लेखाजोखा मात्रै हो । बिभिन्न चोरी नाका हुँदै नेपालगन्जमा टमाटर कति भित्रिन्छ कति ! त्यसको कुनै हिसावकिताव हुँदैन । यसरी भारतबाट बैध र अबैध तरिकाले टमाटर आयात हुँदा बाँकेमै उत्पादन भएका टमाटर विक्री नभएपछि किसानले खेतमै गाड्न बाध्य हुन ।

यसरी भारतीय तरकारी आयात हुँदा मर्कामा परेका किसानलाई स्थानीय पालिकाले राहतका कार्यक्रम ल्याउनुपर्नेमा समेत आवाज उठ्न थालेको छ । खजुरा
गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले टमाटर त्यसै सडेको भन्ने बिषयमा आफ्नो ध्यानार्कषण भएको बताउँदै समस्या समाधानको पहल लिने दाबी गरेका छन् ।

बुटवल टुडेबाट

प्रकाशित मितिः     १५ बैशाख २०८०, शुक्रबार ०७:०३  |