सटरभाडामा छुट दिन घरधनीलाई नेपालगन्ज उद्योग वाणिज्य संघकाे अपिल


नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक समस्याले व्यवसाय धरासायी भएको भन्दै पसल भाडामा लिएका व्यवसायीलाई सटरकाे भाडा छुट गर्न माग गरेका छन् ।

पछिल्लो समय विश्वभर देखिएको आर्थिक मन्दीबाट नेपाल पनि अछुतो नरहेको भन्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उपमहासचिव धर्मराज अर्यालले बिज्ञप्ति प्रकाशित गरि कुनैपनि किसिमको प्राकृतिक तथा प्राविधिक संकट र समस्याको पहिलो अनि प्रत्यक्ष असर पर्ने जहिले सुकै निजी क्षेत्रलाई नै भएको उल्लेख छ ।

कोरोना महामारीको भुंग्रोबाट उम्किन लागेको नेपालको निजी क्षेत्र अहिले फेरि त्यहि विश्वव्यापी आर्थिक मन्दीको दुष्प्रभावले चर्को संकटबाट गुज्रिरहेको बिज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजमा वृद्धि गर्नु, ऋण लगानीमा कटौति गर्नु, उत्पादन तथा व्यापारजन्य व्यवसायमा एक्कासी आएको तीव्र गिरावट कच्चा प्रदार्थको मूल्यमा वृद्धि, सरोकारवाला निकायहरुको व्यापारमैत्री नीति नहुनु जस्ता यावत समस्याका कारणले सिंगो देशको समग्र अर्थतन्त्रसंगै अहिले हरेक उद्योगी व्यवसायीको आर्थिक अवस्था अहिले इतिहासकै कमजोर अवस्थामा अहिले पुगेको बिज्ञप्तिमा भनिएको छ ।

बैंक ब्याज तथा साँवाकिस्ता र घरभाडासमेत निर्धारित समयमा तिर्न हम्मे हम्मे परिरहेको बेला बजार क्षेत्रका धेरैजसो ठाउँमा अहिले पसल विक्रीका सूचना टाँसिएका छन् । कतिपय व्यवसायीहरू धमाधम पसल व्यवसाय बन्द गर्दै पलायन भई रहेका छन् ।

आर्थिक मन्दीका कारण पसलमा विक्रिवितरण नभएको अवस्था छ । जेनतेन भरथेग गरेर पसल व्यवसायलाई निरन्तरता दिईरहेका केहि व्यवसायीहरूलाई पनि आफ्नो रोटेशन मिलाएर अगाडी बढ्न धौधौ भईरहेको अवस्था छ । कतिपय व्यवसायीहरुले घरभाडा तिर्न नसकेर आफ्नो
सटर खाली गरेर सर–सामानहरु गोदाममा थन्काएको अवस्था छ ।

यस्तो प्रतिकूल अवस्थामा केहि घरधनीहरूले घरभाडामा वृद्धि गर्ने आश्य प्रकट गर्नु चिन्ताको विषय हो । व्यापार, व्यवसाय रहेसम्म घरधनीहरुले निरन्तर रुपमा घरभाडा पाउने हो । तसर्थ कोभिडाको विषम प्रस्थितिमा पनि धेरै घरधनीहरुले आफ्नो घरमा व्यापार, व्यवसाय गरेका व्यवसायीलाई भाडामा छुट दिएको उदाहरण हामी माक्ष जिवित छ ।

आर्थिक मन्दीका कारण धराशायी भएका व्यवसायीहरुलाई परस्थित असहज रहेको अवस्थासम्म घरभाडा बृद्धि नगर्न र लिई रहेको भाडामा के, कति छुट गर्न सकिन्छ, अपसी सहमतिबाट भाडामा छुट प्रदान गरि व्यवसायीहरुलाई व्यासायबाट पलायन हुनबाट रोक्न संघले सम्पूर्ण व्यवसायिक प्रतिष्ठानका घरधनीलाई अनुराेध गरेकाे छ ।

प्रकाशित मितिः     २८ बैशाख २०८०, बिहीबार १८:२१  |