नेपालगन्ज – पश्चिम नेपालमा पाँच हजार भन्दा धेरै स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्न सफल नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड हेल्थ कलेजकी निर्देशक रेवती सिंह ‘बेष्ट टेक्निकल कलेज अवार्ड’मा मनाेनित हुनुभएको छ ।
अष्ट्रेलियाकाे एक्जिटाे एजुकेशनले एक्जिटाे अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सिङ्गापुर -२०२३ आयोजना गर्दै आएको छ । उक्त अवार्डका लागि नेपालमा त्यसमा पनि नेपालगन्जबाट सिंहलाई ‘बेष्ट टेक्निकल कलेज अवार्ड’मा मनाेनित गरिएको हाे ।
सिंहलाई पश्चिम नेपालमा स्वास्थ प्राबिधिक जनशक्ति उत्पादनकाे श्रेय जान्छ । उहाँले २०६० सालमा स्थापना गर्नुभएको कैलपाल हस्पिटल एण्ड हेल्थ कलेज पश्चिम नेपालमा निम्न बर्गका विद्यार्थीका लागि राेजगारी प्राप्तीको गतिलाे खुट्किलाे त बन्याे नै देशमा देखापरेकाे स्वास्थ्य जनशक्ति अभाव टार्न समेत मद्दत गरेकाे छ ।
कैलपालमा अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी सेवाका माध्यमबाट गाउँ-गाउँमा स्वास्थ्य सेवा दिइरहेका छन् । कैलपालमा एचए,रेडियाेग्राफी,सिएमए,ल्याब लगायतकाे अध्ययन हुँदै आएको छ ।
स्वास्थ्य प्राबिधिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याए बापत सिंहलाई अवार्डका लागि मनाेनित गरिएको हाे । उहाँ सामाजिक काममा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।