नेपालगन्ज – उपकार लघुबित्त बित्तीय संस्थाले केन्द्रिय कार्यालय कोहलपुर, आरएमडीसी लघुबित्त बित्तीय संस्था काठमाण्डौ र फत्तेवाल आखा अस्पताल नेपालगन्जको सहकार्यमा आखाँ स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
जेष्ठ २१ गते आइतबारका दिन राजापुर नगरपालिका वार्ड नं. ६ मानपुर टपरामा १ दिने निशुल्क आखाँ शिबिर सम्पन भएको हाे । उक्त शिबिरमा १९६ जनाको आखाँ जाच गरिएकोमा २६ जना मोतियाबिन्दुबाट पिडित भएको पाइयो ।
मोतीबिन्दु रोगको शल्यकिृयाको लागी यहि जेष्ठ २२ गतेका दिन फत्तेबाल आँखा अस्पतालमा भर्ना गरिएको छ । उक्त शल्यक्रियाको लागी लाग्ने खर्च आरएमडीसी र उपकार लघुबित्त बित्तीय संस्थाले ब्यहाेर्ने छ ।